बिएल संवाददाता
रेडिअन्ट पब्लिक बोर्डिङ स्कुलको आयोजनामा आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ।
प्रतियोगितामा जम्मा ४८ टिमको सहभागिता रहने रेडिअन्टका प्रिन्सिपल सूर्यबहादुर केसीले आइतबार आयोजित पत्रकार सम्मेलन जानकारी गराए। सिनियर ब्वाइजमा २४ तथा जुनियर ब्वाइज र सिनियर गर्ल्समा समान १२–१२ टिम सहभागी हुने छन्।
सिनियर ब्वाइजलाई ८ तथा जुनियर ब्वाइज÷सिनियर गल्र्सलाई ४ समूहमा विभागज गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ।
सिनियर ब्वाइज÷गल्र्समा निम्स तथा जुनियर ब्वाइजमा आयोजक रेडिअन्ट डिफेन्डिङ च्याम्पियन हुन्। प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख खर्च हुने रेडिअन्टकी भाइस प्रिन्सिपल सुभद्रा कुँवरले जानकारी गराइन्।
कात्तिक २९ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु स्युचाटारस्थित आयोजककै कोर्टमा खेलाइनेछ। प्रतियोगिताको एक संस्करण २०७२ सालको भूकम्प तथा दुई संकरण कोभिडका कारण सम्भव नभएको आयोजकले जनाएको छ।
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
‘कुलत’काे कालाे बादल चिरेर झुल्किएका ‘किरण’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया