बिएल संवाददाता
नेपाल भलिबल संघ(एनभिएल)ले आगामी एक वर्षको वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ। जितेन्द्रबहादुर चन्दको अध्यक्षमा निर्वाचित केन्द्रीय कार्यसमिति आएपछि एनभिएले २०७९/८० को कार्यक्रम सार्वजनिक गरेको हो।
बुधबार सार्वजनिक कार्यक्रममा घरेलु प्रतियोगितादेखि अन्तर्राष्ट्रिय प्रतियोगिता, रेफ्री कोर्ष रहेका छन्। यसैगरी, पहिलो पटक हुने भएको फ्रेन्चाइज नेपाल सुपर लिगको समेत समय तोकिएको छ।
नेपालले यु२३ एसियन सेन्ट्रल जोन पुरुष भलिवलबाट सुरु गरेर ८० सालमा हुने राष्ट्रिय रेफ्री कोर्षसम्म रहेको छ। यसैगरी, काभा एसियन महिला तथा पुरुष बिच भलिबल, काभा अन्तर्राष्ट्रिय महिला पुरुष, थ्री नेसन्स श्रृंखला, १९औँ एसियन गेम्स, महिला तथा पुरुष मैत्रीपूर्ण खेलरहेका छन्।
घरेलु प्रतियोगितातर्फ सातौैँ एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिप, एनएसएल महिला तथा पुरुष लिग (२०७९), सातौँ आरबिबी एनभिए महिला तथा पुरुष लिग, यु १५ महिला तथा पुरुष प्रतियोगिता, आठौ एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप, ३४औँ राष्ट्रिय पुरुष तथा २५औँ महिला राष्ट्रिय भलिबल प्रतियोगिता, बीच भलिबल प्रतियोगिता, एनएसएल महिला तथा पुरुष भलिबल (२०८०) रहेको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया