महेश नेपाली
                                शाही नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (राेनाष्ट) को नाम बदलिएर नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान भएदेखि जुम्लामा विज्ञान प्रदर्शनी मेला भएका थिएनन्। त्यसपछि हालसम्म सरकारी र गैरसरकारी तवरबाट विज्ञान प्रदर्शनी मेला आयोजना हुन नसकेको चन्दननाथ नगरपालिकाका शिक्षा शाखा प्रमुख खडानन्द चौलागाईंले बताए।
निकै लामो समयपछि जिल्लाको निजी स्कुलले विज्ञान प्रदर्शनी मेला आयोजना गरेपछि उनले पुराना दिन सम्झिए। 'पहिला रोनाष्टले नै विज्ञान प्रदर्शनी मेलाको आयोजना गर्थ्यो,' उनले भने, 'अहिले यस्ता खाले प्रदर्शनी नहुँदा सिर्जनशीलता मासिँदै गएको छ।'
सिर्जनशीलता नै मासिने खतरा बढेपछि जुम्ला खलंगा बजार चन्दननाथ-४ स्थित जेआर कर्णाली बोडिङ स्कुलले सोमबार भव्य विज्ञान प्रदर्शनी मेला आयोजना गर्यो। जहाँ विद्यार्थीले आफूमा अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्न पाए।

वैज्ञानिक अध्ययन, अनुसन्धानमा विद्यार्थीलाई प्रेरित गर्ने उद्देश्यले विज्ञान प्रदर्शनी मेलाकाे आयाेजना गरिएको आयजकले जनाएको छ। मेलामा नर्सरीदेखि ८ कक्षासम्मका विद्यार्थीहरुको सहभागिता जनाएका थिए।
विज्ञान प्रदर्शनी मेलामा ६० भन्दा बढी सामग्रीहरु राखिएको विद्यालयका प्रधानाध्यापक सञ्जय सिंह गुरुङको भनाई छ। उनले भने, 'मेलामा रकेट, ज्वालामुखीको नमुना, सोलारबाट चल्ने पङ्खा, विद्युतीय सर्किट, स्मार्ट शहर, विद्युतबाट चल्ने गाडी, विद्युतबाट चल्ने डुङ्गा विभिन्न मोडलका घरलगायतका सामग्री राखिएका थिए।'

विज्ञानले जे छ देखिन्छ, जे छैन देखिँदैन भन्दै हरेक विषयवस्तुमा प्रश्न चिन्ह खडा गरेर अनुसन्धानको थालनी गर्छ। यही ध्येयका साथ विज्ञान प्रदर्शनी मेला आयोजना गर्नु सकारात्मक पक्ष रहेको चन्दननाथ नगरपालिकाको शिक्षा शाखा प्रमुख चौलागाईंले थपे। उनले भने, 'अब सरकारी तवरबाट प्रतिस्पर्धात्मक मेला आयोजना हुनुपर्छ। जसले थुप्रै नवप्रतिभा पहिचान गर्नलाई मद्दत मिल्नेछ।'
विज्ञान प्रदर्शनी मेलामा जुम्लाका परम्परागत शैलीका घरायसी सामग्री, स्थानीय प्रविधिमा आधारित हलो, जुवा, ओखल, जाललौरी जस्ता सामग्री राखिएको सहायक प्रधानाध्यापक अमरनाथ योगीले बताए।
'यस्ता क्रियाकलापले विद्यार्थीको चौतर्फी विकासमा ठूलो मद्दत पुग्नुको साथै प्रयोगात्मक शिक्षण सिकाइमा बल पुग्ने अपेक्षा गरिएकाे छ,' उनले भने, 'नेपालको शिक्षण पद्धतिमा यस्ता क्रियाकलापको कमि देखिन्छ। हामीले सुरुवात गरेका छौँ।'

जे आर कर्णाली बोर्डिङ स्कुलले विज्ञान प्रदर्शन मेलाको आयोजना गरेर अभिभावकमाझ राम्रो छवि बनाउन सकेको उक्त स्कुलका अभिभावक तथा जुम्ला बहुमुखी क्याम्पसका उपप्राध्यापक डम्बर बहादुर महतले बताए।
उनले भने, 'विद्यार्थीलाई पाठ्यपुस्तकको घेराभित्र मात्रै सीमित गर्नु हुन्न,' उनले भने, 'अतिरिक्त क्रियाकलापको रुपमा विज्ञान प्रदर्शनी मेला आयोजना गरेर नवप्रवर्तनालाई उजागर गरेको छ।'
सरकारले लगानी गरेका विद्यालय र सरकारी निकाय नै अनुसन्धानको विषयमा मौन रहेको अवस्थामा जे आर कर्णाली बोर्डिङले तीन वटै तहका सरकारलाई झकझक्याउने काम गरेको अभिभावकको प्रतिक्रिया छ। उनीहरुले यस्ता प्रकारका क्रियाकलापमा विद्यालयलाई सहयोग गर्ने र आफ्ना नानीबाबुलाई अभिप्रेरित गर्ने वचन दिएको प्रधानाध्यापक गुरुङले बताए।
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया