बिएल संवाददाता
नेपाली कांग्रेस कोशी प्रदेशका सभापति तथा पूर्व मुख्यमन्त्री उद्धव थापामाथि आज साँझ ७ बजेतिर सुरुंगामा आक्रमण भएको छ।
प्रहरीले आक्रमणमा संलग्न दुई व्यक्तिलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका दुबै जना नेपाल विद्युत प्राधिकरणका कर्मचारी रहेको बुझिएको छ।नेपाल प्रेस युनियन झापाले दोमुखामा आज दिउँसो आयोजना गरेको वार्षिक साधारणसभामा थापा प्रमुख अतिथि थिए।
कार्यक्रममा सहभागी भएर घर फर्किने क्रममा सुरुंगाको जुकेकल्भर्ट नजिक एउटा समूहले सुरक्षामा खटिएका पीएसओ समेतसँग विवाद गर्दै पूर्वमुख्यमन्त्री थापामाथि हातपात गरेको थियो।
आँखा र अनुहारमा चोट लागेपछि उनलाई तत्कालै विर्तामोडको विर्तासिटी अस्पतालमा उपचारका लागि पुर्याइएको थियो।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले पूर्वमुख्यमन्त्री थापामाथि हातपात गरेको अभियोगमा प्रहरीले दुई व्यक्तिलाई पक्रेको र उनीहरु नेपाल विद्युत प्राधिकरणको कर्मचारी रहेको पुष्टि गरे।
पूर्वमुख्यमन्त्री थापा बा१झ ६५३ नम्बरको गाडी चढेर निवास फर्किदै थिए । उनलाई आक्रमण गर्ने कर्मचारीहरु प्राधिकरणको बा१झ १८७० नम्बरको गाडीमा चढेका थिए।
प्राधिकरणको गाडीसँग थापा सवार गाडीले अगाडि बढ्न साइड माग्ने क्रममा सुरुमा पीएसओसँग विवाद भएको थियो। त्यही विवाद बढ्दै जाँदा कर्मचारीले थापामाथि हात हालेका थिए।
उपचारपछि थापा आफ्नो निवास फर्किएका थिए।
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया