बिएल संवाददाता
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि रु. ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार बजेट विनियोजन गरेको छ। प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रस्तुत गर्नुभएको वक्तव्यअनुसार आगामी आर्थिक वर्षका लागि उक्त बजेट विनियोजन गरिएको हो।
आर्थिक मामिला तथा योजनामन्त्री थपलियाले प्रस्तुत गरेकाे बजेटमा चालुतर्फ रु. २६ अर्ब १० करोड १७ लाख ८२ हजार छुट्याइएको छ। त्यसैगरी पुँजीगततर्फ रु. ३६ अर्ब ९३ करोड ८७ लाख ४९ हजार रहेको छ। वित्तीय व्यवस्थातर्फ भने रु. एक अर्ब ५० करोड विनियोजन गरिएको मन्त्री थपलियाले बताए।
कूल बजेटमा चालुतर्फ ४० दशमलव ४४ प्रतिशत, पुँजीगततर्फ ५६ दशमलव २३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ दुई दशमलव ३२ प्रतिशत बजेट छुट्याइएको मन्त्री थपलियाले जानकारी दिए। गत वर्ष प्रदेश सरकारले रु. ६२ अर्ब र ७० करोड ९० लाखको बजेट ल्याएको थियो। यो बजेट अघिल्लो वर्षको तुलनामा करिब रु. एक अर्ब ८३ करोड १४ लाख ३१ हजारले वृद्धि भएको हो।
सरकारले शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको मन्त्री थपलियाले जानकारी दिए।
यसैगरी आगामी आर्थिक वर्षलाई प्रदेश सरकारले सीप वर्ष घोषणा गर्ने पनि जनाएको छ।
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया