बिएल संवाददाता
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि रु. ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार बजेट विनियोजन गरेको छ। प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रस्तुत गर्नुभएको वक्तव्यअनुसार आगामी आर्थिक वर्षका लागि उक्त बजेट विनियोजन गरिएको हो।
आर्थिक मामिला तथा योजनामन्त्री थपलियाले प्रस्तुत गरेकाे बजेटमा चालुतर्फ रु. २६ अर्ब १० करोड १७ लाख ८२ हजार छुट्याइएको छ। त्यसैगरी पुँजीगततर्फ रु. ३६ अर्ब ९३ करोड ८७ लाख ४९ हजार रहेको छ। वित्तीय व्यवस्थातर्फ भने रु. एक अर्ब ५० करोड विनियोजन गरिएको मन्त्री थपलियाले बताए।
कूल बजेटमा चालुतर्फ ४० दशमलव ४४ प्रतिशत, पुँजीगततर्फ ५६ दशमलव २३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ दुई दशमलव ३२ प्रतिशत बजेट छुट्याइएको मन्त्री थपलियाले जानकारी दिए। गत वर्ष प्रदेश सरकारले रु. ६२ अर्ब र ७० करोड ९० लाखको बजेट ल्याएको थियो। यो बजेट अघिल्लो वर्षको तुलनामा करिब रु. एक अर्ब ८३ करोड १४ लाख ३१ हजारले वृद्धि भएको हो।
सरकारले शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको मन्त्री थपलियाले जानकारी दिए।
यसैगरी आगामी आर्थिक वर्षलाई प्रदेश सरकारले सीप वर्ष घोषणा गर्ने पनि जनाएको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया