बिएल संवाददाता
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ले पदबाट राजीनामा नदिने भएका छन्।
मंगलबार काँग्रेस र एमालेबीच सत्ता सहकार्य गर्ने सहमति भएपछि प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा पर्ने भएको छ।
तर प्रचण्डले तत्काल पदबाट राजीनामा नदिने माओवादी सांसद देवेन्द्र पौडेलले बताए। ‘प्रधानमन्त्रीले गलेर छोड्ने कुरा भएन। विश्वासको मतको सामना गर्ने कुरा भएको छ,’ उनले भने।
सत्तायात्रा गर्ने सहमतिसँगै काँग्रेस–एमालेका नेताहरूले प्रचण्डलाई मार्ग प्रस्त गर्न आग्रह गरेका छन्।
संविधानअनुसार अल्पमतमा परेको सरकारले ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने छ। प्रचण्ड त्यो ३० दिनको समयावधि गुजार्ने मनस्थितिमा देखिन्छन्।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया