बिहिबार, ०५ नोभेम्बर २०२६

सुदन किरातीको कटाक्षः पुरानोले घुस खायो भन्थे, नयाँले त देशै खाला भन्ने चिन्ता बढ्यो

बिएल संवाददाता

बिएल संवाददाता

संखुवासभा
News Image
फाइल तस्बिर
• • •

श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पुराना दलमाथि घुस खाएको आरोप लाग्ने गरेकोमा नयाँ भनिएकाले देश खाला भन्ने चिन्ता बढेर गएको टिप्पणी गरेका छन्।

संखुवासभामा आयोजित हातेमालो कार्यक्रमलाई सम्बोधन गर्दै किरातीले सत्ताधारी दलका नेताले बहुमत पाएको दिन जादु गर्ने दाबी गरे पनि हालसम्म जादु नदेखिएको बताए।

उनले भने, ‘पुरानाले घुस खायो भन्थे, नयाँले त देशै खाला भन्ने चिन्ता बढेर गएको छ। सत्ताधारी दलका साथीहरु संख्या पुगेन भन्थे, जनताले पुऱ्याइदियो। बहुमत पाएको दिन जादु गर्छौं भन्थे, जादु भएको छैन। तीनवटा फाइल खोल्दा सबै जेल जान्छ, देश चकाचक बनाइन्छ भन्थे तर, फाइल किन खोलिएन? फाइल कसले खोल्न दिएन? कहिलेसम्ममा खुल्छ? कति धैर्य गर्नु पर्ने हो जनताले भनिदिनुहोस्।’

यति धेरै र समर्थन दिँदा पनि सरकारले बेलैमा बुद्धि पुर्‍याएन भने भिरमा जाने गाइलाई काँध थाम्न नसकिने बताए।

जनताको जीवन संकटग्रस्त हुँदै गएको, लगानीकर्तामा त्रासको अवस्था सृजना भएको, कर्मचारीतन्त्र अस्तव्यस्त भएको, अन्तर्राष्ट्रिय विश्वास टुट्दै जाँदा भू–राजनीति जटिल बन्दै गएको कुरालाई सरकारले गम्भीर रुपमा लिनुपर्ने किरातीले बताए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!