बिएल संवाददाता
अर्थमन्त्री डा प्रकाशशरण महतले स्थानीय मौलिक पहिचान, संस्कृति र अवसरको उपयोगमार्फत मुलुकलाई आर्थिक रुपमा सुदृढ बनाउन सकिने बताएका छन्।
नुवाकोटको लिखु गाउँपालिकास्थित ढिकुरे बजारमा आजदेखि सुरु भएको ‘प्रथम नुवाकोट खेलकुद तथा बृहत् सांस्कृतिक महोत्सव–२०८०’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले स्वदेशको कला, संस्कृति, प्राकृतिक स्रोत तथा स्थानीय साधनको उपयोगमार्फत मुलुकको अर्थतन्त्र बलियो बनाउन सकिने बताएका हुन्।
‘रोजगारीको सृजनासहित शिक्षाको गुणस्तर र स्वास्थ्य सेवा सुधारको लागि यहाँकै शैली र सभ्यताको संरक्षण गर्नुपर्छ।’ उनले भने, ‘दोस्रो विश्वयुद्धपछि जापानले जसरी आफ्नै मौलिक परम्परालाई जोगाएर विकासमा चमत्कार ग¥यो, अब हामीले त्यस्तै शैली अपनाउनुपर्छ।’
पछिल्लो समयमा मेला–महोत्सव स्थानीय उत्पादनको प्रवर्द्धन, प्रचारप्रसार र उपभोगमा केन्द्रित गराउनुको सट्टा भड्किलो हुँदै गएको भन्दै त्यसबाट सचेत रहन उनले ध्यानाकर्षण गराए। बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले खेलकुद र संस्कृतिलाई लक्षित गर्दै सुरु भएको महोत्सवलाई आगामी दिनमा प्रदेशस्तरीय बनाएर सञ्चालन गर्न सहयोग पु¥याउने प्रतिबद्धता जनाए।
लिखु गाउँपालिका संरक्षण तथा न्यू ढिकुरे युवा क्लब र पिप्ले युवा क्लबको सयुक्त आयोजनामा आजदेखि सुरु भएको महोत्सव आगामी पुस १० गतेसम्म चल्ने छ। मेला व्यवस्थापक हरिहर पाण्डेका अनुसार महोत्सवमा खेलकुद र संस्कृतिसँग सम्बन्धित सामग्रीको प्रदर्शनी तथा ब्यापारको लागी एक सय कक्ष राखिएको छ।
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया