बिएल संवाददाता
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले नेता भएर पार्टी कार्यकर्ता र जनतालाई अर्ती नदिन सुझाएका छन्।
नेकपा (एमाले) सुर्खेत वीरेन्द्रनगर कमिटीको आज आयोजित दोस्रो अधिवेशन उद्घाटन कार्यक्रममा उनले अर्ती दिएर मात्र कोही कसैको जिम्मेवारी पूरा नहुने बताए। ‘नेतृत्व स्वयंले काम गर्नुपर्दछ। जसको सकारात्मक प्रभाव तलसम्म पुग्दछ’, उनले भने, ‘उपभोक्तामुखी सोचले व्यक्ति मात्र होइन, पार्टी पनि सिद्धिन्छ।’
राजनीतिक लडाइँभन्दा आजको समृद्धिको लडाइँ अझ बढी चुनौतीपूर्ण भएको जनाउँदै उनले यो कठिन अवस्थालाई सामना गरेर सबैले आ-आफ्नो क्षेत्रको भूमिका निर्वाह गरी नमुनायोग्य पात्रका रुपमा आफूलाई देखाउन नेता तथा अगुवा कार्यकर्तालाई अनुरोध गरे।
उनले भने, ‘म अहिले कर्णाली सरकारको नेतृत्व गरिरहेको छु। म एक्लैले केही गर्न सक्ने अवस्था हुँदैन। यसमा सहयात्री दल, पार्टीभित्र पनि समकक्षी साथीहरु छन्। सबैको साथ सहयोगबाट मात्र परिणाम निकाल्न सकिन्छ। कर्णालीको विकास र समृद्धिको अभियानमा सबै एकमत हुन जरुरी छ। यसो हुनसके मात्र हामीले अपेक्षा गरेको सपना हुन्छ।’ उनले गलत काम गर्नेको पक्षमा नबोल्न र त्यस्ता कार्यमा नजोडिन पनि सुझाए।
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया