बिएल संवाददाता
कर्णाली प्रदेश सरकारमा आज (मंगलबार) नयाँ सरकारका लागि दाबी पेस गरिँदैछ। कर्णाली प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठनका लागि दिएको म्याद आज सकिने भएपछि नयाँ सरकार गठन प्रक्रिया सुरू हुन लागेको हो।
नेकपा (माओवादी केन्द्र)बाट मुख्यमन्त्री बनेका राजकुमार शर्माले गत चैत २१ गते राजीनामा दिएपछि कर्णालीमा मुख्यमन्त्री पद रिक्त थियाे।
प्रदेश प्रमुख तिलक परियारले दुई वा दुईभन्दा बढी दलको समर्थनमा चैत २७ गतेभित्र नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आज साँझ ५ः५० बजेभित्र समय दिएका छन्।
प्रदेश प्रमुख परियारले दिएको समयसिमा अनुसार नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्री दाबी गर्दैछन्। ४० सदस्यीय कर्णाली प्रदेशसभामा नयाँ सरकार गठनका लागि २१ जना प्रदेश सभा सदस्यको समर्थन आवाश्यक पर्दछ।
जसका लागि नेकपा माओवादी केन्द्रको १३, एमालेका १० र एकीकृत समाजवादीको १ सहित २४ सिटको स्पष्ट बहुमत रहेको छ।
कम्युनिष्ट गिरोह की माफिया मण्डली
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया