बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)जुम्लाकाे संयाेजककाे जिम्मेवारी मक्कर भण्डारीले पाएका छन्। रास्वपाका सभापति रवि लामिछानेले भण्डारीलाई जुम्ला जिल्ला संयाेजककाे जिम्मेवारी दिएका हुन्।
सरकारी जागिर छोडेर राजनीतिमा आएका भण्डारी चन्दननाथ नगरपालिका- १० स्थानीय बासिन्दा हुन्। उनी शिक्षा विकास तथा समन्वय एकाई जुम्लाको प्रमुख थिए।
नयाँ शैलीसहित नेपाली राजनीतिक नक्षेत्रमा उदाएको रास्वपा वर्तमान समयको वैकल्पिक शक्ति भएकाले आफू राजनीतिमा आएको उनले बताए।
‘रास्वपा नेपालकाे उदयमान शक्ति हो। त्यसले यसले जनताले चाहेको विकास, सुशासन तथा चुस्त सेवा प्रवाहकाे अपेक्षालाई पूरा गर्न सक्छ,’ उनले भने, ‘यस्तो जिम्मेवार पार्टीकाे संयाेजक हुनुलाई मैले अवसरको रुपमा लिएकाे छु।’
जुम्लामा रास्वपाकाे संगठनबाहिर देखिने गरी विस्तार नभए पनि अनलाइनमार्फत् धेरै युवाहरु जोडिएको उनको प्रतिक्रिया छ।
‘अनलाइनमार्फत जाेडिएका युवाहरु अब देखिने गरी पार्टीमा जाेडिनेछन्,’ उनले भने, ‘रास्वपालाई जुम्लाको बलियाे पार्टी बनाउने लक्ष्यसहित मैदानमा आएको छु।’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया