बिएल संवाददाता
नेपाल नेत्र ज्योति संघ चन्दननाथ आँखा अस्पतालको आयोजनामा जुम्लामा नि:शुल्क आँखा शिविर सञ्चालन हुने भएकाे छ। शिविर चैत १६ देखि १८ गतेसम्म सञ्चालन हुन लागेकाे हाे।
४१औँ नि:शुल्क आँखा उपचार शिविर चन्दननाथ आँखा अस्पताल भारतीबाडा जुम्ला खलङ्गामा सञ्चालन हुने नेपाल नेत्रज्योति संघ जुम्लाका सचिव दीपेन्द्र विक्रम हमालले बताए।
‘शिविर बस्नु भन्दा अगाडि जिल्लाका विभिन्न स्थानमा मोतिबिन्दु छनौट शिविर बस्नेछ,’ उनले भने।
उनकाअनुसार मोतिबिन्दु छनौट शिविर चैत ४ गते हिमा गाउँपालिकाको कालिका खेतु प्राथमिक स्वस्थ्य केन्द्रमा, ५ गते तिला गा.पा डुन्डेली स्वास्थ्य चौकीमा, ६ गते तातोपानी गाउँपालिकाको लिताकोट स्वास्थ्य चौकीमा, ७ गते त्रिभुवन मा.वि. गुठीचौर ५ भारज्वालामा र ८ गते पातारासी गाउँपालिकामा डिल्लीचौर स्वास्थ्य चाैकीमा बस्नेछ।
त्यस्तै शल्यक्रिया शिविर गर्न नाम दर्ता शुल्क ५० रुपैयाँबाहेक अरु लाग्ने छैन। उनले भने, ‘मोतिबिन्दुको अप्रेशन गर्नु पर्ने बिरामीहरुले आफ्नो ओढ्ने ओछ्याउने लुगा र खाना को आफैले व्यवस्था गर्नु पर्नेछ।’
शिविर संचालनका लागि रिड्ले आई फाउण्डेशन नेपाल र नेपाल नेत्र ज्योति संघ एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेश सुर्खेतको आर्थिक सहयोग र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा सञ्चालन हुन लागेकाे हाे।
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया