बिएल संवाददाता
नेपाल नेत्र ज्योति संघ चन्दननाथ आँखा अस्पतालको आयोजनामा जुम्लामा नि:शुल्क आँखा शिविर सञ्चालन हुने भएकाे छ। शिविर चैत १६ देखि १८ गतेसम्म सञ्चालन हुन लागेकाे हाे।
४१औँ नि:शुल्क आँखा उपचार शिविर चन्दननाथ आँखा अस्पताल भारतीबाडा जुम्ला खलङ्गामा सञ्चालन हुने नेपाल नेत्रज्योति संघ जुम्लाका सचिव दीपेन्द्र विक्रम हमालले बताए।
‘शिविर बस्नु भन्दा अगाडि जिल्लाका विभिन्न स्थानमा मोतिबिन्दु छनौट शिविर बस्नेछ,’ उनले भने।
उनकाअनुसार मोतिबिन्दु छनौट शिविर चैत ४ गते हिमा गाउँपालिकाको कालिका खेतु प्राथमिक स्वस्थ्य केन्द्रमा, ५ गते तिला गा.पा डुन्डेली स्वास्थ्य चौकीमा, ६ गते तातोपानी गाउँपालिकाको लिताकोट स्वास्थ्य चौकीमा, ७ गते त्रिभुवन मा.वि. गुठीचौर ५ भारज्वालामा र ८ गते पातारासी गाउँपालिकामा डिल्लीचौर स्वास्थ्य चाैकीमा बस्नेछ।
त्यस्तै शल्यक्रिया शिविर गर्न नाम दर्ता शुल्क ५० रुपैयाँबाहेक अरु लाग्ने छैन। उनले भने, ‘मोतिबिन्दुको अप्रेशन गर्नु पर्ने बिरामीहरुले आफ्नो ओढ्ने ओछ्याउने लुगा र खाना को आफैले व्यवस्था गर्नु पर्नेछ।’
शिविर संचालनका लागि रिड्ले आई फाउण्डेशन नेपाल र नेपाल नेत्र ज्योति संघ एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेश सुर्खेतको आर्थिक सहयोग र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा सञ्चालन हुन लागेकाे हाे।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया