महेश नेपाली
                                विरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकालले विचारको मन्थनले कर्णालीलाई दिशा निर्देश गर्ने बताएकी छन्। 'कर्णाली उत्सव कुडा कर्णालीका'को पाँचौ संस्करणमा आयोजक सहरको तर्फबाट विरेन्द्रनगरमा विचारको वहार विषयमा बोल्दै मेयर ढकालले कुराले नै काम गर्ने कुराको संकेत मिल्ने बताएकी छन्।
कर्णाली उत्सवमा हुने विचारको मन्थनले आगामी दिनमा योजना निर्माण गर्न, कार्यान्वयन गर्न र दिशा निर्देश गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाइ छ।
'तुलनात्मक रुपमा कर्णाली एक सक्तिशाली राज्य थियाे। सिंजा नेपाली खभाषाको जननी मानिन्छ,' उनले भनिन्, 'एक शक्तिशाली राज्य र व्यापारिक रेशम मार्ग समेत निर्माण गरेको समृद्ध साम्राज्यका नागरिकले विचारको उत्सव चलाउनु अत्यन्तै महत्त्वपूर्ण हुनेछ।'
विकासमा पछि परेको कर्णाली संघीयतापछि आफै जुरमुराउन थालेको उनको भनाई छ। यसको जलन्त उदाहरण कर्णाली उत्सव र त्यहाँ हुने विचार मन्थन भएको उनको भनाई छ।
'कुरा नै महत्त्वपूर्ण हो। कुराबाट विचार उत्पन्न हुन्छ, त्यसमाथि बहस हुँदा नै निष्कर्ष निकाल्न सकिन्छ,' उनले भनिन्, 'कर्णालीलाई विविध कोणबाट चिनेकाहरु भेला भएर उत्साव मनाउँदा कर्णालका कयौं बाटाहरु पहिल्याउन सकिन्छ।'
विकास, शिक्षा र स्वास्थ्यमा पछि पारिएको कर्णालीमा अब सुन्दर सपना देखेर त्यसलाई हकिकतमा बदल्न अठोट लिनुपर्छ। अगाडि बढ्न संकल्प गर्ने कयौं मञ्चहरुको आवश्यकता खड्किदै गएको प्रमुख ढकालको भनाई छ।
'जसरी रेशम मार्गले कर्णालीलाई अगाडि बढाएको थियो। व्यापारिक रुपमा समृद्ध थियोे,' उनले भनिन्, 'विचार मन्थन गर्दा हामीले इतिहासको पुनरागमन गरि कर्णालीलाई समृद्ध बनाउन सकिन्छ।'
उनका अनुसार विचारका मन्थन गर्ने भेला र मञ्चहरुले समस्या पहिचान गर्ने, समाधानका उपाय निकाल्ने र आगामी दिनको बाटो पहिल्याउन मद्दत गर्नेछन्। कर्णाली यो देशको चिन्तन गर्न तयार छ।
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया