महेश नेपाली
विरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकालले विचारको मन्थनले कर्णालीलाई दिशा निर्देश गर्ने बताएकी छन्। 'कर्णाली उत्सव कुडा कर्णालीका'को पाँचौ संस्करणमा आयोजक सहरको तर्फबाट विरेन्द्रनगरमा विचारको वहार विषयमा बोल्दै मेयर ढकालले कुराले नै काम गर्ने कुराको संकेत मिल्ने बताएकी छन्।
कर्णाली उत्सवमा हुने विचारको मन्थनले आगामी दिनमा योजना निर्माण गर्न, कार्यान्वयन गर्न र दिशा निर्देश गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाइ छ।
'तुलनात्मक रुपमा कर्णाली एक सक्तिशाली राज्य थियाे। सिंजा नेपाली खभाषाको जननी मानिन्छ,' उनले भनिन्, 'एक शक्तिशाली राज्य र व्यापारिक रेशम मार्ग समेत निर्माण गरेको समृद्ध साम्राज्यका नागरिकले विचारको उत्सव चलाउनु अत्यन्तै महत्त्वपूर्ण हुनेछ।'
विकासमा पछि परेको कर्णाली संघीयतापछि आफै जुरमुराउन थालेको उनको भनाई छ। यसको जलन्त उदाहरण कर्णाली उत्सव र त्यहाँ हुने विचार मन्थन भएको उनको भनाई छ।
'कुरा नै महत्त्वपूर्ण हो। कुराबाट विचार उत्पन्न हुन्छ, त्यसमाथि बहस हुँदा नै निष्कर्ष निकाल्न सकिन्छ,' उनले भनिन्, 'कर्णालीलाई विविध कोणबाट चिनेकाहरु भेला भएर उत्साव मनाउँदा कर्णालका कयौं बाटाहरु पहिल्याउन सकिन्छ।'
विकास, शिक्षा र स्वास्थ्यमा पछि पारिएको कर्णालीमा अब सुन्दर सपना देखेर त्यसलाई हकिकतमा बदल्न अठोट लिनुपर्छ। अगाडि बढ्न संकल्प गर्ने कयौं मञ्चहरुको आवश्यकता खड्किदै गएको प्रमुख ढकालको भनाई छ।
'जसरी रेशम मार्गले कर्णालीलाई अगाडि बढाएको थियो। व्यापारिक रुपमा समृद्ध थियोे,' उनले भनिन्, 'विचार मन्थन गर्दा हामीले इतिहासको पुनरागमन गरि कर्णालीलाई समृद्ध बनाउन सकिन्छ।'
उनका अनुसार विचारका मन्थन गर्ने भेला र मञ्चहरुले समस्या पहिचान गर्ने, समाधानका उपाय निकाल्ने र आगामी दिनको बाटो पहिल्याउन मद्दत गर्नेछन्। कर्णाली यो देशको चिन्तन गर्न तयार छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया