महेश नेपाली
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाक्टर कुट्ने कर्मचारी धनराज शाही निलम्बनमा परेका छन्।
प्रतिष्ठानमा शनिबार बसेकाे कर्याकारी परिषद्काे बैठकले डाइरेक्टर डा. पुजन कुमार राेकायाकाे संयाेजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेकाे रजिस्ट्रार नृपेन्द्र महतले बताए।
'छानबिन समितिमा डा. पुजन कुमार राेकायासहित, डा. अनुपमंगल समाल र प्रतिष्ठानका कानुनी सल्लाहकार मीन बहादुर महतसमेत हुनुहुन्छ,' उनले भने, 'समितिले ३० दिनभित्र रिपोर्ट दिनेछ।'
रजिस्ट्रार महतका अनुसार डाक्टर कुट्ने शाहीलाई ४५ दिनका लागि निलम्बन गरिएकाे छ।
कर्मचारीले बिहीबार बिहान ९ बजे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. करण शाहलाई इमर्जेन्सी विभागमा आफ्नाे छाेराका टाँका काट्न ढिलाे गरकाे भनी लात्तीले र हातले कुटेका थिए।
यसरी ड्युटीमा रहेका डा. शाहलाई प्रतिष्ठानकै कर्मचारीले कुटेपछि डाक्टरहरु सुरक्षाकाे माग गर्दै आन्दोलनमा उत्रिएका थिए।
'नाे बेल, ओनली जेल' नारा लगाइरहेका डाक्टरहरुकाे दबाबपछि प्रतिष्ठानकाे कार्यकारी परिषद्ले तत्काल एक्सन लिएकाे रजिस्ट्रार महतले बताए।
'छानबिन समितिकाे प्रतिवेदनले दिने निष्कर्षअनुसार थप कारबाही हुनेछ,' उनले भने, 'याे घटनाले ड्युटीमा रहेका डाक्टरकाे सुरक्षाकाे विषयमा हामीलाई गम्भीर बनाएकाे छ।'
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया