बिएल संवाददाता
चालु आर्थिक वर्ष ०८२/८३ को पहिलो त्रैमास (साउन–असोज)मा नेपालको अन्तर्राष्ट्रिय व्यापार ५ खर्ब ४० अर्ब ८६ करोड रुपैयाँ पुगेको छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २६.०४ प्रतिशतले बढी हो।
गत आर्थिक वर्ष २०८१/८२ को यसै अवधिमा ४ खर्ब २९ अर्ब १३ करोड रुपैयाँको मात्र अन्तर्राष्ट्रिय व्यापार भएको भन्सार विभागको तथ्यांकले देखाउँछ।
असोज मसान्तसम्म ४ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ, जुन अघिल्लो वर्षको तुलनामा १९.७९ प्रतिशतले बढी हो। गत वर्ष असोजसम्म ३ खर्ब ९० अर्ब ७५ करोड रुपैयाँको वस्तु आयात भएको थियो।
त्यस्तै, निर्यात व्यापारमा समेत उल्लेखनीय सुधार देखिएको छ। यस वर्ष असोजसम्म ७२ अर्ब ७८ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । जुन अघिल्लो वर्षको यसै अवधिको तुलनामा ८९.६४ प्रतिशतले बढी हो । गत वर्ष निर्यात ३८ अर्ब ३७ करोड रुपैयाँमा सीमित थियो।
आयात–निर्यात दुवै बढे पनि निर्यातको उच्च वृद्धि दरका कारण व्यापार घाटाको वृद्धिदर केही नियन्त्रणमा आएको छ। यस वर्ष असोजसम्म ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको छ। जुन अघिल्लो वर्षको तुलनामा १२.१८ प्रतिशतले बढी हो। गत वर्ष यो घाटा ३ खर्ब ५२ अर्ब रुपैयाँ रहेको थियो।
निर्यातको योगदान बढ्दै
अन्तर्राष्ट्रिय व्यापारमा आयातको हिस्सा ४.९६ प्रतिशतले घटेर ८६.५४ प्रतिशतमा पुगेको छ भने निर्यातको हिस्सा ५०.४७ प्रतिशतले बढेर १३.४६ प्रतिशतमा पुगेको भन्सार विभागले जनाएको छ।
केवल असोज महिनामा मात्र १ खर्ब ६३ अर्ब रुपैयाँको आयात र २५ अर्ब रुपैयाँको निर्यात भएको विभागले जनाएको छ।
विश्लेषकहरूका अनुसार चाडबाडको सिजनका कारण उपभोग्य वस्तु, पेट्रोलियम पदार्थ र इलेक्ट्रोनिक सामानहरूको माग बढ्दा आयातमा वृद्धि भएको हो भने कृषिजन्य र उत्पादनमूलक वस्तुको निर्यातले व्यापार सन्तुलनमा आंशिक सुधार ल्याएको छ।
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया