बिएल संवाददाता
श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो।
कम्पनीले असोज २६ गतेदेखि आम सर्वसाधारणका लागि रु १०० अंकित दरका २५ लाख १० हजार ४९३ कित्ता सेयर जारी गरेको हो, जसको कुल मूल्य करिब रु २५ करोड १० लाख बराबर हुन्छ।
यसमा सामूहिक लगानी कोषका लागि १ लाख ५४ हजार ९६९ कित्ता र कर्मचारीका लागि १ लाख २३ हजार ९७५ कित्ता छुट्याइएको छ।
लगानीकर्ताले न्यूनतम १० र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्छन्।
आवेदन आस्बा सदस्य बैंक, वित्तीय संस्थाहरू तथा मेरो सेयरमार्फत दिन सकिन्छ।
नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक हो।
यसअघि कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गरिसकेको छ।
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया