बिएल संवाददाता
नेपाल राष्ट्र बैंकले दैनिक सुन आयात कोटा २० किलोबाट बढाएर २५ किलो पुर्याएको छ। बजारमा सुनको माग बढेसँगै र दिपावली नजिकिँदै जाँदा आयात सीमामा वृद्धि गरिएको हो।
हाल वाणिज्य बैंकहरूले आयात गरेको सुन व्यवसायीमार्फत गहनाको रूपमा बिक्री हुँदै आएको छ।
सुनको मूल्य निरन्तर बढ्दै गएको छ। शुक्रबार प्रतितोला मूल्य २ लाख ३५ हजार पुगेको छ। लगानीकर्ताहरूका लागि सुन सुरक्षित विकल्प बन्दै गएपछि माग थप बढेको बताइन्छ।
साथै, राष्ट्र बैंकले फिर्ता नहुने रेमिट्यान्स (विप्रेषण) सीमा पनि २० लाख रुपैयाँबाट बढाएर २५ लाख रुपैयाँ पुर्याएको छ। अब नेपाली वा विदेशी नागरिक, तथा नेपालमा दर्ता भएका फर्म वा कम्पनीहरूले विभिन्न प्रयोजनका लागि दैनिक २५ लाखसम्म रकम विप्रेषण कम्पनीमार्फत ल्याउन सक्नेछन्।
यस्तो रकम संकलन र भुक्तानी गर्दा ग्राहक पहिचानका कागजात लिनुपर्ने र प्रत्येक महिनाको अन्त्यमा सम्बन्धित विभागहरूमा विवरण बुझाउनु पर्ने व्यवस्था गरिएको छ।
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया