बिएल संवाददाता
अर्थमन्त्री विष्णुु पौडेलले जलविद्युतको विकासमा निजी क्षेत्रको लगानी अभिवृद्धि गर्नको लागि अनुकुल नीतिहरु लिएर अघि बढेको बताएका छन्।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजना र पुरस्कार वितरण तथा बजेट र मौद्रिक नीति समन्वय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले बजेटमा ‘टेक एन्ड पे’को विषय धेरै चर्चामा रहेपनि फिर्ता लिएर राम्रो निर्णय गरेको धारणा राखे।
उनले भने,‘बजेटमा टेक एन्ड पेको विषय धेरै चर्चामा रह्यो। समाचारको विषय बन्यो। क्रिया प्रतिक्रियाको विषय बन्यो। त्यो फिर्ता लिइसककेको छौं। नेपालमा जलस्रोतको फराकिलो सम्भावना छ। त्यो सम्भावनालाई अधिकतम सदुपयोग गरेर जलविद्युतको विकासका निजी क्षेत्रको लगानी अभिवृद्धि गर्नको लागि पक्कै पनि अनुकुल नीतिहरु लिएर अघि बढ्ने छौं। उत्पादन गरेको विद्युत कहाँ कसरी खपत हुन्छ भन्ने कुरामा लाग्नुपर्ने आवश्यक छ।’
त्यस्तै उनले विद्युतको खपत बढाउनका लागि इभीको करलाई स्थिर राखिएको बताए।
उनले भेन,‘विद्युतीय सवारीको सन्दर्भमा एउटा कोच तयार गरेको छौं। करका नीति र करका दरमा स्थिर नीति लिएको छौं। विश्सनिय प्रवद्र्धनको पक्षमा छौं भन्ने हिसाबले अहिलेको बजेट प्रस्तुत भएको छ। यसले उत्साहित नै गरेको छ,’उनले भने।
त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आर्थिक गतिविधि बढाउनेगरी मौद्रिक नीति आउनुपर्ने भन्दै बजेट र मौद्रिक नीतिमाको समयन्वय भएरै आउने विश्वास व्यक्त गरे।
उनले बजेट स्प्रिटअनुसार कार्यान्वयन हुनुपर्ने बताउँदै उच्चस्तरिय आर्थिक क्षेत्र सुधार सुझाव आयोगले दिएको सुझाव अनुसार ३० वटा कानुन परिवर्तन भइसकेको बताए।
निजी क्षेत्रले दिने सुझाव व्यक्तिगत फाइदाको रुपमा लिने सोचले चाहिने भन्दा बढी कडाइ गर्दा आर्थिक क्षेत्र चलायमान हुन नसकेको उनको भनाइ छ।
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया