बिएल संवाददाता
काठमाडौँ, १७ पुस : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ।
आज नेप्से परिसूचक ३० दशमलव ०५ अङ्कले घटेर दुई हजार ३० दशमलव १० को बिन्दुमा कायम भएको हो।
आज तीन सय पाँच कम्पनीको एक करोड ११ लाख ८५ हजार सात सय १२ कित्ता शेयर ८५ हजार चार सय ३५ पटक खरिद–बिक्री हुँदा रू चार अर्ब चार करोड ४६ लाख ५९ हजार नौ सय २२ बराबरको कारोबार भएको छ।
सबै समूहका उपसूचक रातो देखिएका छन्। सबैभन्दा धेरै होटल तथा पर्यटन समूह तीन दशमलव २१ र जीवन बीमा समूह दुई दशमलव ९९ प्रतिशतले घटेका छन्। चिर्खुवा हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ, भने हिमालयन हाइड्रोपावरको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू १६ करोड ११ लाख सात हजार नौ सय ५६ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको चार लाख १७ हजार ८८ कित्ता शेयर किनबेच भएको छ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया