बिएल संवाददाता
काठमाडौँ, १७ पुस : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ।
आज नेप्से परिसूचक ३० दशमलव ०५ अङ्कले घटेर दुई हजार ३० दशमलव १० को बिन्दुमा कायम भएको हो।
आज तीन सय पाँच कम्पनीको एक करोड ११ लाख ८५ हजार सात सय १२ कित्ता शेयर ८५ हजार चार सय ३५ पटक खरिद–बिक्री हुँदा रू चार अर्ब चार करोड ४६ लाख ५९ हजार नौ सय २२ बराबरको कारोबार भएको छ।
सबै समूहका उपसूचक रातो देखिएका छन्। सबैभन्दा धेरै होटल तथा पर्यटन समूह तीन दशमलव २१ र जीवन बीमा समूह दुई दशमलव ९९ प्रतिशतले घटेका छन्। चिर्खुवा हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ, भने हिमालयन हाइड्रोपावरको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू १६ करोड ११ लाख सात हजार नौ सय ५६ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको चार लाख १७ हजार ८८ कित्ता शेयर किनबेच भएको छ।
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
‘कुलत’काे कालाे बादल चिरेर झुल्किएका ‘किरण’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया