बिएल संवाददाता
सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले ठगी आराेप लागेपछि आफ्नाे स्वकीय सचिव अनिलकुमार पोखरेललाई हटाएका छन्।
शुक्रबार संघीय संसद् सचिवालयलाई पत्र लेखेर पोखरेलले स्वकीय सचिव अनिलकुमारलाई निष्कासन गरेका जानकारी गराएका छन्।
उच्च अदालत विराटनगरले अनिलकुमारलाई ठगीमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङलाई परमादेश दिएको थियो।
‘मेरो स्वकीय सचिवको रुपमा कार्यरत अनिलकुमार पोखरेललाई उच्च अदालत मोरङबाट पक्राउ पूर्जी जारी भएको भन्ने विभिन्न मिडियामा प्रकाशित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। निजमाथि लगाएका विभिन्न आरोपहरूको अनुसन्धानमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ मेरो स्वकीय सचिवको जिम्मेवारीबाट आजैको मितिदेखि लागू हुनेगरी निष्कासन गरेको व्यहोरा अनुरोध गर्दछु’, उनले संसद सचिवालयलाई लेखेकाे पत्रमा भनिएकाे छ।
अनिलमाथि छोरीको नाम एमबिबिएस इन्ट्रान्समा निकालिदिने आश्वासन दिई बौआलाल चौधरीबाट ३८ लाख ८० हजार रुपैयाँ लिएकाे आराेप लागेकाे छ।
तर छोरीको नाम ननिस्किएपछि चाैधरीले पैसा फिर्ता माग्दा अनिलले उल्टै धम्की दिएकाे आरोप छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया