बिएल संवाददाता
रिटर्नी नेटवर्क नेपालका अध्यक्ष उत्तम अधिकारीले व्यक्ति व्यक्तिमा छरेर रहेका स–साना पुँजीहरुलाई एकिकृत रुपमा परिचालन गरे ठूलो कम्पनीको मालिक बन्न सकिने बताएका छन्।
आइतबार रिटर्नी नेटवर्क नेपाल सामूहिक उद्यमशीलताका लागि प्रोत्साहन तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले वैदेशिक रोजगारबाट प्राप्त भएको रेमिट्यान्सले देशका नागरिकहरुको लागि आय स्तरमा वृद्धि हुनु सकारात्मक भएको बताएका हुन्।
उनले भने, ‘व्यक्ति व्यक्तिमा छरेर रहेका स–साना पुँजीहरुलाई एकिकृत रुपमा परिचालन गरेर ठूलो कम्पनीको मालिक बन्न सकिन्छ। वैदेशिक रोजगारबाट प्राप्त भएको रेमिट्यान्सले देशका नागरिकहरुको लागि आय स्तरमा भएको वृद्धि भएको छ। राष्ट्रिय पुँजी निर्माणमा रेमिट्यान्सले प्रदान गरेको सहयोग र देश विकासको चक्रमा रेमिट्यान्सबाट प्राप्त भएका पुँजीहरु लगानी भइरहेको सन्दर्भलाई हेर्ने हो भने यसलाई सकारात्मक मान्नुपर्छ।’
साथै उनले पछिल्लो समय वैदेशिक रोजगारीमा जाने युवाहरुको संख्या दिनानुदिन बढ्दै गइरहेको बताए। उनले एक महिनामै ८५ हजार युवाहरु विदेश जानु हाम्रो देश अब कता जान्छ भन्ने प्रश्न उठेको बताए।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया