बिएल संवाददाता
रिटर्नी नेटवर्क नेपालका अध्यक्ष उत्तम अधिकारीले व्यक्ति व्यक्तिमा छरेर रहेका स–साना पुँजीहरुलाई एकिकृत रुपमा परिचालन गरे ठूलो कम्पनीको मालिक बन्न सकिने बताएका छन्।
आइतबार रिटर्नी नेटवर्क नेपाल सामूहिक उद्यमशीलताका लागि प्रोत्साहन तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले वैदेशिक रोजगारबाट प्राप्त भएको रेमिट्यान्सले देशका नागरिकहरुको लागि आय स्तरमा वृद्धि हुनु सकारात्मक भएको बताएका हुन्।
उनले भने, ‘व्यक्ति व्यक्तिमा छरेर रहेका स–साना पुँजीहरुलाई एकिकृत रुपमा परिचालन गरेर ठूलो कम्पनीको मालिक बन्न सकिन्छ। वैदेशिक रोजगारबाट प्राप्त भएको रेमिट्यान्सले देशका नागरिकहरुको लागि आय स्तरमा भएको वृद्धि भएको छ। राष्ट्रिय पुँजी निर्माणमा रेमिट्यान्सले प्रदान गरेको सहयोग र देश विकासको चक्रमा रेमिट्यान्सबाट प्राप्त भएका पुँजीहरु लगानी भइरहेको सन्दर्भलाई हेर्ने हो भने यसलाई सकारात्मक मान्नुपर्छ।’
साथै उनले पछिल्लो समय वैदेशिक रोजगारीमा जाने युवाहरुको संख्या दिनानुदिन बढ्दै गइरहेको बताए। उनले एक महिनामै ८५ हजार युवाहरु विदेश जानु हाम्रो देश अब कता जान्छ भन्ने प्रश्न उठेको बताए।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया