बिएल संवाददाता
नेपाल राष्ट्र बैंकले तीनवटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज गरेको छ। खारेज भएको सूचना शुक्रबार सार्वजनिक भएको छ।
राष्ट्र बैंकले भाटभटेनी मनी ट्रान्सफर, मोर्डन रेमिट्यान्स र नमस्ते रेमिट इन्टरनेशनलको इजाजत खारेज गरेको सूचनामा जनाएको छ।
कारोबार गर्ने इजाजतको म्याद नवीकरण नगरेकाले खारेज गरेको राष्ट्र बैंकले जनाएको छ।
नेपाल राष्ट्र बैंकको विप्रेसण नियमावली २०७९(प्रथम संशोधनसहित)को विनियम १३ को उपनियम ८ बमोजिम सूचना प्रकाशित गरिएको जनाइएको छ।
राष्ट्र बैंकले खारेज भएका संस्थासँग रेमिट्यान्सको रकम लिनुदिनु भए ३५ दिनभित्र लिखित जानकारी दिन पनि भनेको छ।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया