बिएल संवाददाता
मंगलबार सेयर बजार परिसूचक (नेप्से) १४ अंकले बढ्दै २६२६.३१ बिन्दुमा उक्लिएको छ। बजारमा कारोबार रकममा पनि थोरै वृद्धि भएको छ।
कुल ३१२ कम्पनीका १ करोड २७ लाख ४६ हजार कित्ता सेयर खरिदबिक्री भई ५ अर्ब २० करोड २२ लाख रुपैयाँको कारोबार भएको छ। सोमबार ४ अर्ब ३७ करोड रुपैयाँको कारोबार भएको थियो।
मंगलबार कारोबार भएकामध्ये १६७ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने ७१ कम्पनीको मूल्य घटेको छ। त्यस्तै, ६ कम्पनीको मूल्य स्थिर रह्यो। आत्मनिर्भर लघुवित्त, गुराँस लघुवित्त, र सामुदायिक लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका हिसाबले जानकी फाइनान्स शीर्ष स्थानमा रहँदै २० करोड ७ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।
उपसमूहतर्फ मंगलबार उत्पादन र व्यापार उपसमूहको सूचकमा मात्र गिरावट आयो। बाँकी सबै उपसमूहका सूचकहरू बढेका छन्। विशेषगरी, विकास बैंक र फाइनान्स उपसमूहको सूचक करिब २ प्रतिशतले बढ्न सफल भएको छ।
विश्व खाद्य सुरक्षा दिवस: दूषित खानाका कारण बर्सेनि ६० करोड बिरामी, ४ लाखभन्दा बढीको मृत्यु
एसियन गेम्स छनोट सेमिफाइनल : ओमानविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने
रमा हत्या प्रकरण : मुख्य आरोपी भारतीय नागरिक पक्राउ, प्रहरीले सार्वजनिक गर्यो घटना विवरण
घरायसी विवादमा श्रीमतीको हत्या गर्ने ‘नेपाली ब्रो’ भन्ने कुमार थापा पक्राउ
२१ वर्षीया रमा तिवारी हत्या प्रकरण: यौन सम्पर्कपछि पैसाको विवाद हुँदा हत्या, भारतीय नागरिक पक्राउ
प्रेममा धाेका पाएँ, न्यायकाे पर्खाइमा छु– जमुना खत्री
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया