बिएल संवाददाता
बुधबार सेयर बजारको परिसूचक नेप्से २४.९७ अंक घटेर २७५० अंकमा कायम भएको छ।
यस गिरावटसँगै बजारको कारोबार रकम भने बढेको छ। अघिल्लो दिन ८ अर्ब ५२ करोडको कारोबार भएकोमा आज ९ अर्ब १३ करोडको कारोबार भएको छ।
१०४ कम्पनीको मूल्य बढ्दा १३२ कम्पनीको मूल्य घटेको छ, जबकि ८ कम्पनीको मूल्य स्थिर रह्यो। अघिल्लो दिन उच्च दरले बढेका व्यापार समूहको मूल्य आज ८.७ प्रतिशत घटेको छ। विशेषगरी, विशाल बजार कम्पनीको मूल्य ९.१७ प्रतिशत घटेपछि व्यापार समूहमा ८.७२ प्रतिशतको गिरावट आएको हो।
अर्काे, बैंकिङ समूहमा ०.३४ प्रतिशत, विकास बैंकमा १.९४ प्रतिशत, फाइनान्समा १.२४ प्रतिशत, होटलमा ०.४० प्रतिशत, जीवन बीमा १.५० प्रतिशत, लगानीमा ०.०२ प्रतिशत, निर्जीवन बीमा ०.३३ प्रतिशत र अन्य समूहमा ०.७४ प्रतिशतको गिरावट आएको छ।
यसैबीच, माइक्रोफाइनान्स, उत्पादन र हाइड्रोपावर समूह क्रमशः ०.१२, ०.१४ र ०.५९ प्रतिशतले बढेका छन्।
खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर र रिभर फल्स पावरको मूल्य १० प्रतिशत बढेको छ। अन्य उच्च मूल्य वृद्धि गर्ने कम्पनीहरुमा इङ्वा हाइड्रोपावर (९.७ प्रतिशत), स्वाभिमान लघुवित्त (९.४ प्रतिशत), अपरहेवाखोला (८.७ प्रतिशत), माथिल्लो मैलुङखोला जलविद्युत (८.३ प्रतिशत), र सूर्योदय लघुवित्त (७.८ प्रतिशत) रहेका छन्।
विपरीत, सपोर्ट माइक्रोफाइनान्स र लाइफ इन्स्योरेन्स कर्पोरेसनको मूल्य १० प्रतिशत घटेको छ। साथै, विशाल बजार कम्पनीको मूल्य ९.१७ प्रतिशत, नेपाल फाइनान्सको ५.०१ प्रतिशत र सुपरमादी हाइड्रोपावरको ४.५ प्रतिशत मूल्य घटेको छ।
कारोबार रकमको आधारमा जोशी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, आँखुखोला जलविद्युत, सानिमा माइ हाइड्रोपावर र रसुवागढी हाइड्रोपावर प्रमुख रूपमा अगाडि रहेका छन्।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया