बिएल संवाददाता
धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। मंगलबार साँझ अर्थमन्त्री विष्णु पौडेलले नवनियुक्त अध्यक्ष श्रेष्ठलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन्।
अर्थ मन्त्रालयबाट नियुक्ति पत्र लिएका अध्यक्ष श्रेष्ठले आफ्नो पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन। पदभार ग्रहणपछि श्रेष्ठले लगानीकर्ताको सुरक्षाको लागि काम गर्नु नै प्राथमिकताको कुरा भएको बताएका छन।
उनले भने, ‘बजार बिस्तारका लागि अवसरहरु धेरै छन। हामीले यहाँको क्यापिटल मार्केटको पूर्णरुपले सदुपयोग गरेकै छैनौं। प्रोडक्ट्सकै हिसाबले हेर्दा पनि धेरै नै प्रोडक्ट्सहरु उपलब्ध छन। पुँजी बजारको सिद्धान्तबाट हेर्दा आर्थिक विकासमा यसलाई मजाले प्रयोग गर्न सकिन्छ भन्ने कुरामा मेरो ध्यान जान्छ। अनि अहिलेलाई लगानीकर्ताको सुरक्षा नै पहिलो प्राथमिकता हो।’
अर्थ मन्त्रालयमा अर्थमन्त्री पौडेलमार्फत शपथ ग्रहण गरेका नवनियुक्त अध्यक्षले बोर्ड गएर कार्यभार सम्हाल्ने छन। अध्यक्ष श्रेष्ठको पदावधि चार वर्षको हुनेछ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले श्रेष्ठलाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको हो।
धितोपत्र बोर्डले ११ महिनापछि अध्यक्ष पाएको हो।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया