बिएल संवाददाता
कर दिवसको अवसरमा आन्तरिक राजश्व विभागले यस वर्षको उत्कृष्ट करदाता घोषणा गरेको छ।
शनिबार आयोजना गरेको कार्यक्रममा आन्तरिक राजश्व विभागले आर्थिक वर्ष २०७९/८०मा विधागत रूपमा धेरै कर तिर्ने करदातालाई सम्बन्धित विधाबाट उत्कृष्ट करदाताको रुपामा छनोट गरेको हो।
सबैभन्दा बढी कर तिर्नेमा आयकरतर्फ नेपाल टेलिकम, बैङ्क तथा वित्तीय संस्थातर्फ नबिल बैंक र वस्तु व्यापारतर्फ भाटभटेनी सुपरमार्केट रहेको छ।
एकलौटी फर्मतर्फ श्रुति ट्रेडर्स, निर्याततर्फ डाबर नेपाल, सूचना प्रविधि निर्याततर्फ कोडावतार टेक प्रा.लि, कृषि तथा पशुपंक्षीजन्य उद्योगतर्फ पतञ्जली आयुर्वेद, बैङ्क तथा वित्तीय संस्थातर्फ नबिल बैङ्क, स्वास्थ्य सेवा तथा शैक्षिक संस्थातर्फ लुम्बिनी मेडिकल कलेज, पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी होटल, ऊर्जातर्फ भोटेकोसी पावर कम्पनी, रेमिटेन्स तथा मनि ट्रान्सफरतर्फ सिटी एक्सप्रेस मनि ट्रान्सफर, व्यक्तिगत आयकरतर्फ राजबहादुर शाह, मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ धेरै र नियमिततर्फ होङ्सी सिमेन्ट र विशेष उद्योगतर्फ वरुण वेभरेज रहेको छ।
यस्तै ५० करोडसम्म कारोबार भएकामध्ये धेरै कर तिर्ने सोल्टी इन्टरप्राइजेज रहेको छ।
यसरी छानिएका व्यक्ति तथा संस्थाहरूलाई अर्थमन्त्री विष्णु पौडेलले उत्कृष्ट करदाताको प्रमाणपत्रसहित सम्मानित गरेका हुन्।
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया