बिएल संवाददाता
नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंकको रकम उत्पादित क्षेत्रमा लगाउनुपर्ने बताएका छन्।
शुक्रबार नेपाल बैंक लिमिटेडको ८८औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै गर्भनर अधिकारीले अर्थतन्त्रलाई बढाउनको लागि बैंकहरुले काम गरिरहेको बताएका हुन्।
उनले भने, ‘हामी सबैलाई थाहा छ बैंकको जिम्मेवारी के हो भनेर, बैंकमा कुन हदसम्मको सुशासन कायम गर्नुपर्छ भन्ने बुझ्न जरुरी छ। राष्ट्र बैंकको मुख्य भूमिका र रकम अहिले उत्पादनशील क्षेत्रमा जाओस् भन्ने हो। उत्पादित क्षेत्र बढोस् र अर्थतन्त्रलाई बढी फाइदा पुर्याउने गरी बैंकहरुले काम गरिरहेका छन्।’
साथै उनले बैंकिङ क्षेत्रमा कयौं किसिमका साइबर रिस्कहरु भएकाले जोखिम न्यूनीकरणलाई बैंकले जोड दिने बताए। उनले साइबर रिस्कहरुलाई न्यूनीकरण गर्न बैंकले वर्षौंदेखि नयाँ सिस्टम लिन खोज्दा पनि ल्याउन नसकिएको बताए।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया