बिएल संवाददाता
उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालको अर्थतन्त्रलाई लयमा ल्याउनको लागि प्राइभेट सेक्टरको महत्वपूर्ण भूमिका रहेको बताएका छन्।
बिहीबार ‘फिन इलेक्ट्रो टेक २०२४’ को उद्घाटन गर्दै मन्त्री सिंहले प्राइभेट सेक्टर नेपाल उद्योग वाणिज्य संघदेखि लिएर नेपाल चेम्बर अफ कमर्सको समेत महत्वपूर्ण भूमिका अर्थतन्त्रमा रहेको बताएका हुन्।
उनले भने, ‘नेपालको अर्थतन्त्रलाई लयमा ल्याउनको लागि अहिलेको वर्तमान सरकार, एफएनसिसीआइदेखि लिएर चेम्बरको नेतृत्व गर्ने प्राइभेट सेक्टरहरुले अर्थतन्त्रको लय सम्हाल्न सक्दछन्। प्राइभेट सेक्टरहरुले भनेका कुराहरु सरकारले ध्यान दिएर कार्यान्वयन गर्ने नै छ।’
साथै उनले विद्युत तथा विद्युतीय सामाग्रीहरुको विकास र आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण गर्न फिन इलेक्ट्रो टेकले विशेष भूमिका खेल्ने बताए।
उनले विद्युत जस्तो संबेदनशिल क्षेत्रमा व्यवसाय गर्ने विद्युत व्यवसायीहरुको यस संस्थाले आम उपभोक्तालाई नविनतम र गुणस्तरी सेवा दिन आग्रह गरे।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया