बिएल संवाददाता
पछिल्लो समय घरजग्गा कारोबारमा सुधार आएको देखिएको छ। व्यक्तिगत आवास कर्जा अर्थात होम लोन लिनेहरुको संख्यामा देखिएको वृद्धिले कारोबारमा सुधार आएको संकेत देखिएको हो।
चालू आर्थिक वर्षको भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगत आवास शीर्षकमा कुल तीन खर्ब ९३ अर्ब ६० करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेको राष्ट्र बैंकले जनाएको छ।
जुन गत आर्थिक वर्षको भदौ मसान्तसम्मको तुलनामा २८ अर्ब ४० करोड रुपैयाँले बढी हो। गत वर्ष भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत आवासका लागि तीन खर्ब ६५ अर्ब २० करोड १० लाख रुपैयाँ ऋण उपलब्ध गराएका थिए।
गत भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले कुल ५२ खर्ब २३ अर्ब २० करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेको पनि तथ्यांकमा उल्लेख छ। जुन एक वर्षअघिको तुलनामा तीन खर्ब १६ अर्ब दुई करोड ७० लाख रुपैयाँले बढी हो।
गत भदौ मसान्तसम्म वाणिज्य बैंकहरूले मात्र कुल ४६ खर्ब १८ अर्ब एक करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई खर्ब ७४ अर्ब ३७ करोड ६० लाख रुपैयाँ बढी हो।
विकास बैंकहरुले भने पछिल्लो अवधिमा व्यक्तिगत आवास शीर्षकमा कुल ६२ अर्ब ४० करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। जुन गत आवको सोही अवधिको तुलनामा दुई अर्ब ८४ करोड ९० लाख रुपैयाँले बढी हो।
गत वर्ष भदौ मसान्तसम्म विकास बैंकहरुले व्यक्तिगत आवास शीर्षकमा मात्र कुल ५९ अर्ब ५५ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया