बिएल संवाददाता
तिहार सकिएसँगै मकवानपुरका किसानहरु नियमित कामकाजमा फर्कन थालेका छन्।
भाइटिकाको भोलिपल्टदेखि नै हेटौँडा उपमहानगरपालिका, मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका, भिमफेदी गाउँपालिकालगायत क्षेत्रका किसानहर धान भित्र्याउन खेतमा व्यस्त हुन थालेका हुन्।
केही किसानले तिहारअघि नै धान भित्रयाइसकेका छन् भने केही धान भित्र्याउने चटारोमा छन्।
दिनहुँजसो पानी पर्ने संभावनाका कारण पनि किसान चिन्तित बन्नुपरेको मकवानपुरगढीका किसान उत्तम सापकोटा बताउँछन्। खेतको धान भित्रयाएपछी तोरी, आलु, तरकारीहरु, मकैसमेत किसानले लगाउने गरेका छन्।
पानी परे भित्र्याउने अवस्थाको धानमा क्षति पुग्छ भनेर उनीहरू तिहारको टीका लगाएर धान भित्रयाउन खेतमा खटिएका हुन्।
बिहानै खेतमा पस्ने किसान अहिले धान काट्न, झाँट्न र भित्रयाउन व्यस्त छन्। वर्षभरको खर्च जुटाउने मुख्य बाली भएकाले घरै सुनसान हुने गरी खेतमा व्यस्त हुनुपरेको किसान बताउँछन्। पाकेको बाली त्यत्तिकै राख्दा झरेर जाने हुन्छ ।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया