बिएल संवाददाता
रुसको अदालतले गुगलमाथि अहिलेसम्मकै ठूलो रकम जरिवाना तिर्न भनेको छ। यो भनेको विश्वको कूल ग्राहस्थ उत्पादन भन्दा पनि बढी हो।
गनणा नै गर्न नसकिने यो रकम गुगलको सारा सम्पत्तिको मूल्यले पनि पुग्दैन। विश्वभरिको कूल ग्राहस्थ उत्पादन लगभग १०० ट्रिलियन डलरजति हुन्छ भने अघिल्लो वर्षमात्रै गुगलको कमाइ लगभग ३०५.६ अर्ब डलरबराबर थियो।
अन्तर्राष्ट्रय सञ्चारमाध्यमहरूका अनुसार अमेरिकी डलरमा हिसाब गर्दा यो रकम २ पछि ३४ वटा जीरो बराबरको अमेरिकी डलर जरिवाना सुनाएको हो। २०,०००,०००,०००,०००,०००,०००,०००,०००,०००,०००,००० भनेको लगभग २.५ अण्डसिलियन रुबल हुन्छ र अमेरिकी डलरमा हिसाब गर्दा २५ डेसिलियन अमेरिकी हुन्छ। गणीतय भाषामा १ अण्डसिलियनका पछि ३६ जीरो हुन्छन्।
यो रकम गुगलले आगामी नौ महिनाभित्र तिरिसक्नुपर्नेछ। तोकिएको समयसीमाभित्र जरिवाना नतिरेमा तोकिएको रकम दुई गुणाले बढ्दै जानेछ।
चार वर्षजति चलेको कानुनी लडाईंपछि अदालतले गुगललाई जरिवाना तोकेको हो। त्यो बेला गुगलले रुसका सञ्चारमाध्यमहरूलाई प्रतिबन्ध लगाएको थियो। र त्यो बेला रुसको एउटा राष्ट्रवादी च्यानल जारग्रेडलाई पनि युट्युबलगायत गुगलका सबै प्रणालीहरूबाट हटाएको थियो। यो च्यानल अमेरिकाको प्रतिबन्धित सूचीमा पनि छ।
प्रतिबन्धित सञ्चारमाध्यमहरूले गुगलविरुद्ध हालेको त्यो मुद्दामा यो जरिवानासँगसँगै अदालतले सबैमाथिको प्रतिबन्ध हटाउन पनि भनेको छ। रुसी बजारमा भने जरिवाना रकम तिरिसकेपछिमात्रै गुगलले प्रवेश पाउनेछ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया