बिएल संवाददाता
काठमाडौंको भृकुटीमण्डपमा ‘२५औँ फ्लोरा एक्स्पो २०८०’ जारी छ।
फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजना तथा पुष्प विकास केन्द्रको सहआयोजनामा गत बिहीबारदेखि एक्स्पो सुरु भएको हो।
एक्स्पोमा व्यावसायिक ७३ वटा स्टल रहेको फ्लोरिकल्चर तथा मेलाका संयोजक सिताराम पन्तले जानकारी दिएका छन्।
मेलामा सहभागी भएका विभिन्न पुष्प व्यवसायीले उत्पादन गरेका फुल र विरुवाका विधागत स्टल राखिएका छन्।
विगत वर्षमा झैं यस वर्ष पनि मेलामा सहभागी भएका विभिन्न पुष्प व्यवसायीहरुद्वारा उत्पादित फूल विरुवाहरुको विभिन्न विधाहरुमा उत्कृष्ट स्टल, उत्कृष्ट ल्याण्डस्केपिन्न, उत्कृष्ट मौसमी फूल, उत्कृष्ट आलंकारिक विरुवा, उत्कृष्ट आलंकारिक फूल्ने विरुवा, उत्कृष्ट पुष्प सजावट, उत्कृष्ट कट फ्लावर (गुलाब, जरबेरा र कार्नेशन) प्रतिस्पर्धा गराइएको छ।
एक्स्पोमा ५० रुपैयाँदेखि १ लाख २० हजार मूल्य पर्ने फुल तथा विरुवा विक्री वितरण लागि राखिएको छन्।
एक्स्पोमा न्यदरल्याड, चाइना र इडियाबाट फुलका विरुवा ल्याइएको छ।
गत वर्षका फूल मेलाको तुलनामा यस वर्ष पुष्प व्यापारमा उत्साह देखिएको व्यवसायीहरुले बताएका छन्।
शनिबार बाहेकका दिन ६० देखि ९० हजारसम्मको फलफूल तथा जडिबुटिहरु बिक्री भइरहेको बताइएको छ।
.jpg)
.jpg)
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया