बिएल संवाददाता
सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।
नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २७.४१ अंक बढेको हाे। सो अंकको वृद्धिपछि नेप्से २६४५ मा कायम भएको छ।
आज ३०७ कम्पनीको १ करोड ४ लाख १८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । जसले गर्दा कुल ५ अर्ब ३४ करोड ४८ लाख रुपैयाँको कारोबार भएको नेप्सले जनाएको छ।
जानकी फाइनान्स र डोल्टी पावर कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै रिभर फल्स पावर र मेन्छिएम हाइड्रोपावरको मूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लाग्यो।
सोमबार नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य एक हजार चार सय रूपैयाँमा ३३ करोड ७९ लाखको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ०.५० प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा समृद्धि फाइनान्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ७८९ रूपैयाँ ७० पैसामा २४ करोड ७६ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया