बिएल संवाददाता
नेपाल नागरिक उड्डयन प्राधिकरणले थाई एयर एसियाका जहाजहरूलाई नेपाली आकाशमा प्रतिबन्ध लगाएको छ। यो अस्थायी प्रतिबन्ध हो। अर्को निर्णय नभएसम्मका लागि अब यो कम्पनीका जहाजहरूले नेपालमा नियमित र चार्टर उडानहरू गर्न पाउने छैन।
प्राधिकरणका अनुसार उडान अनुमति नलिएरै थाई एयर एसियाको एउटा जहाज आइतबार काठमाडौं आएको थियो। उक्त जहाजलाई केही समय आकाशमै होल्ड गरिएको थियो। त्यसपछि कम्पनीले माफी मागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण अनुमति दिइएको थियो।
उडानसँगसँगै यो कम्पनीका नेपालका लागि आधिकारिक जनरल सेल्स एजेन्ट (जिएसए) को इजाजतसमेत निलम्बन गरिएको छ।
उक्त जहाज आइतबारदेखि (कात्तिक ११ देखि चैत २४ सम्म) सुरु भएको हिउँदे उडान तालिका अनुसार उडान अनुमति नलिई नेपाल प्रवेश गरेको थियो।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया