बिएल संवाददाता
विश्वका दुई धनी व्यक्ति एलन मस्क र मुकेश अम्बानीबीच भारतको स्याटेलाइट इन्टरनेट बजारमा प्रतिस्पर्धा सुरु भएको छ। मस्क अमेरिकी व्यापारी हुन्। अम्बानीले भारतबाट विश्वभरि व्यापारिक साम्राज्य फैलाएका छन्।
भारत सरकारले स्याटेलाइट स्पेक्ट्रम लिलामीको सट्टा प्रशासनिक रूपमा बाँडफाँड गर्ने घोषणा गरेपछि यो प्रतिस्पर्धा थप चर्किएको हो।
एलन मस्कले यसअघि लिलामी मोडेलको आलोचना गरेका थिए, जुन मुकेश अम्बानीले समर्थन गरेका थिए। स्याटेलाइट इन्टरनेट सेवा विशेष गरी दुर्गम र ग्रामीण क्षेत्रमा भरपर्दो विकल्प भएकोले भारतमा यसको महत्त्व बढ्दै गएको छ।
भारतको टेलिकम नियामकले अझै स्पेक्ट्रमको मूल्य घोषणा गरेको छैन, तर २०२५ सम्ममा दुई मिलियन अमेरिकी डलर ग्राहक पुग्ने अनुमान गरिएको छ। बजारमा मुख्य खेलाडीहरूमा मुकेश अम्बानीको रिलायन्स जियो अग्रपंक्तिमा छ, जसले लक्सेम्बर्ग–आधारित स्याटेलाइट अपरेटर एसईएस एस्त्रासँग साझेदारी गरेको छ।
एलन मस्कको स्टारलिंकले तिव्र स्याटेलाइट इन्टरनेट सेवा प्रदान गर्न लो–अर्थ अर्बिट स्याटेलाइटहरू प्रयोग गर्छ भने, एसईएसले मध्यम–अर्थ अर्बिट (एमईओ) स्याटेलाइटहरू प्रयोग गर्छ, जुन तुलनात्मक रूपमा सस्तो हुने बताइएको छ।
एलन मस्कले २०२१ देखि भारतमा सेवा सुरु गर्न चाहेका थिए, तर नियामक अवरोधका कारण ढिलाइ भएको थियो।
मस्कको स्टारलिंकसँग विश्वभर ४ मिलियन ग्राहकहरू रहेका छन्। भारतमा उनको प्रवेशले प्रधानमन्त्री नरेन्द्र मोदीको विदेशी लगानी आकर्षित गर्ने प्रयासलाई बल पुग्ने विश्लेषण गरिन्छ।
यस प्रतिस्पर्धाले भारतको डिजिटल विकासमा ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ, किनकि देशमा अझै पनि करिब ४० प्रतिशत जनसंख्यालाई इन्टरनेटको पहुँच छैन।
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया