बिएल संवाददाता
सरकारले ‘उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग’ गठन गरेको छ। अर्थ मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोग गठन गरेको हो।
पूर्व अर्थसचिव रामेशवर खनालको संयोजकत्वमा पाँच सदस्यीय सुझाव आयोग गठन गरिएको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।
आयोगका सदस्यहरुमा राष्ट्रिय योजना आयोगका सदस्य डा.प्रकाशकुमार श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्राडा.रामप्रसाद ज्ञवाली, अर्थविद् डा.विश्वास गौचन र नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा.कल्पना खनाल रहेका छन्।
आयोगले देशको अर्थतन्त्रको समग्र क्षेत्रमा सुधारको लागि राय सहितको प्रतिवेदन पेश गर्नेछ। जसमा निजी क्षेत्रलगायत अर्थतन्त्रका विविध पक्षहरूसँग परामर्श समेत हुने प्रवक्त गुरुङले बताए।
यस्तै चालु आर्थिक वर्ष २०८१/८२ का लागि कृषि तथा पशुपंछी मन्त्रालय अन्र्तगत विभिन्न आयोजना र निकायका लागि कुल २ सय ६६ राजपत्राङकीत पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने पनि निर्णय भएको छ।
विश्व खाद्य सुरक्षा दिवस: दूषित खानाका कारण बर्सेनि ६० करोड बिरामी, ४ लाखभन्दा बढीको मृत्यु
एसियन गेम्स छनोट सेमिफाइनल : ओमानविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने
रमा हत्या प्रकरण : मुख्य आरोपी भारतीय नागरिक पक्राउ, प्रहरीले सार्वजनिक गर्यो घटना विवरण
घरायसी विवादमा श्रीमतीको हत्या गर्ने ‘नेपाली ब्रो’ भन्ने कुमार थापा पक्राउ
२१ वर्षीया रमा तिवारी हत्या प्रकरण: यौन सम्पर्कपछि पैसाको विवाद हुँदा हत्या, भारतीय नागरिक पक्राउ
प्रेममा धाेका पाएँ, न्यायकाे पर्खाइमा छु– जमुना खत्री
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया