बिएल संवाददाता
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र लयमा फर्काउन राजश्व परिचालन प्रभावकारी बनाउन आवश्यक रहेकाे बताएका छन्।
शुक्रबार मन्त्री पौडेलले लाजिम्पाटस्थित आन्तरिक राजस्व विभाग पुगेर स्थलगत निरीक्षण निरीक्षण गर्दै मन्त्री पौडेलले यस्ताे बताएका हुन्।
उनले कर प्रशासनमा उल्लेखनीय सुधार हुनुपर्ने र प्रशासनले राखेको लक्ष्य पुरा गर्नुपर्ने बताए।
उनले भने, ‘मन्त्रीको एउटा मात्रै रुचि र एउटा मात्रै चासो छ कि, हाम्रो कर प्रशासनमा उल्लेखनीय सुधार होस्। र लक्ष्य पूरा होस्। त्यसका लागि तपाईंहरुलाई के सहयोग चाहिन्छ, त्यो सबै सहयोग दिन हामी तयार छौँ। सबै सहयोग प्राप्त गर्न सक्नुहुन्छ। त्यस हिसावले अघि बढ्न आग्रह गर्दछु।’
राजश्व परिचालनमा प्रभावकारी हुन सके मात्र अर्थतन्त्रका अन्य सूचकहरु लयमा फर्किने उनको भनाइ छ।
उनले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेकोसमेत बताए।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया