बिएल संवाददाता
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र लयमा फर्काउन राजश्व परिचालन प्रभावकारी बनाउन आवश्यक रहेकाे बताएका छन्।
शुक्रबार मन्त्री पौडेलले लाजिम्पाटस्थित आन्तरिक राजस्व विभाग पुगेर स्थलगत निरीक्षण निरीक्षण गर्दै मन्त्री पौडेलले यस्ताे बताएका हुन्।
उनले कर प्रशासनमा उल्लेखनीय सुधार हुनुपर्ने र प्रशासनले राखेको लक्ष्य पुरा गर्नुपर्ने बताए।
उनले भने, ‘मन्त्रीको एउटा मात्रै रुचि र एउटा मात्रै चासो छ कि, हाम्रो कर प्रशासनमा उल्लेखनीय सुधार होस्। र लक्ष्य पूरा होस्। त्यसका लागि तपाईंहरुलाई के सहयोग चाहिन्छ, त्यो सबै सहयोग दिन हामी तयार छौँ। सबै सहयोग प्राप्त गर्न सक्नुहुन्छ। त्यस हिसावले अघि बढ्न आग्रह गर्दछु।’
राजश्व परिचालनमा प्रभावकारी हुन सके मात्र अर्थतन्त्रका अन्य सूचकहरु लयमा फर्किने उनको भनाइ छ।
उनले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेकोसमेत बताए।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया