बिएल संवाददाता
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशमा लगानीमा कमी आउँदा आर्थिक विकास चुनौतीको रुपमा देखा परेको बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित अर्थशास्त्र, वित्त र सम्बन्धित विषयहरूमा अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले भूकम्प र कोभिडपछि नेपालको अर्थतन्त्र एकदमै तल खसेको भएतापनि पछिल्लो दुई वर्षमा, निर्माण, उद्योग र व्यापारको क्षेत्रले बढि प्रगति गरेको भन्दै देशमा लगानीको कमि आर्थिक विकासको चुनौतीको रुपमा देखा परेको बताएका हुन्।
उनले भने, ‘भूकम्प र कोभिडपछि नेपालको अर्थतन्त्र एकदमै तल खसेको थियो भने अहिले त्यो २०२३ र २४ मा ३.९ प्रतिशतले उकालो लाग्ने क्रममा छ। विशेषगरि पछिल्लो दुई वर्षमा, निर्माण, उद्योग र व्यापारको क्षेत्रले बढी प्रगति गरेको छ। विकास, बचत र लगानीको कमी पनि हाम्रो आर्थिक विकासको एउटा चुनौतीको रुपमा देखिएको छ।’
उनले विश्व आर्थिक मन्दीको प्रभावबाट देशलाई बचाउनको लागि, नेपालको आर्थिक अवस्था धेरै सुधार भएको जिकिर गरे। अहिलेको नीतिले मौद्रिक नीतिलाई आधुनिकीकरण गर्ने, गुणस्तर बढाउने, डिजिटल बैंकिङ व्यवस्थाको विकास गर्ने र मोडन भुक्तानीको व्यवस्था गरेर विश्व बजारमा जाने कुरालाई ध्यान दिएको उनको भनाई छ।
उनले भने, ‘बलियो घरेलु आर्थिक प्रणाली अति आवश्यक हुन्छ। विश्व आर्थिक मन्दीको प्रभावबाट देशमा केही सुरक्षित भएको छ। आर्थिक अवस्था धेरै सुधार भएको छ। योसँगै नेपाल राष्ट्र बैंकले पनि मौद्रिक नीतिमा धेरै नै सुधारका कामहरु गरेको छ। अहिलेको नीतिले मौद्रिक नीतिलाई आधुनिकीकरण गर्ने, गुणस्तर बढाउने, डिजिटल बैंकिङ व्यवस्थाको विकास गर्ने र मोडन भुक्तानीको व्यवस्था गरेर विश्व बजारमा जाने कुरालाई ध्यान दिएको छ।’
गर्भनर अधिकारीले अर्थशास्त्र, वित्त र सम्बन्धित विषयहरूमा अन्तर्राष्ट्रिय सम्मेलनले आर्थिक स्थायित्व र आर्थिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। सम्मेलन आज र भोलि गरि दुई दिन चल्नेछ।
विश्व खाद्य सुरक्षा दिवस: दूषित खानाका कारण बर्सेनि ६० करोड बिरामी, ४ लाखभन्दा बढीको मृत्यु
एसियन गेम्स छनोट सेमिफाइनल : ओमानविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने
रमा हत्या प्रकरण : मुख्य आरोपी भारतीय नागरिक पक्राउ, प्रहरीले सार्वजनिक गर्यो घटना विवरण
घरायसी विवादमा श्रीमतीको हत्या गर्ने ‘नेपाली ब्रो’ भन्ने कुमार थापा पक्राउ
२१ वर्षीया रमा तिवारी हत्या प्रकरण: यौन सम्पर्कपछि पैसाको विवाद हुँदा हत्या, भारतीय नागरिक पक्राउ
प्रेममा धाेका पाएँ, न्यायकाे पर्खाइमा छु– जमुना खत्री
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया