बिएल संवाददाता
नेप्सेमा आज दोहोरो अङ्कको गिरावट आएको छ। आइतबार नेप्सेमा २५.४६ अङ्कको गिरावट आउँदा ओरालो २७०१.९० विन्दुमा रोकिएको छ।
आज ३२८ कम्पनीको कारोबार हुँदा दुई करोड २२ लाख ६२ हजार ९२४ कित्ता शेयर १० अर्ब १२ करोड २४ लाख आठ हजार २४८ को खरिद बिक्री भएको छ।
नेप्सेका अनुसार आज माहुली लघुवित्त, सिर्जनशील लघुवित्त, मिड सोलु हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।
त्यस्तै, आज थ्री स्टार हाइड्रोपावर १०, कुमारी इक्विटी फण्ड आठ दशमलव शून्य सात, गुडविल फाइनान्स छ दशमलव शून्य पाँच, डोल्टी पावर कम्पनी चार दशमलव ५४ र मातृभूमि लघुवित्तका लगानीकर्ताले चार दशमलव ४५ प्रतिशतले गुमाएका छन्।
आज सबैभन्दा बढी सिइडीबी हाइड्रोको ४२ करोड १९ लाखको कारोबार भएको छ भने हाइड्रोइलेक्ट्रीसिटी हाइड्रोको सबैभन्दा बढी २२ लाख २३ हजार ४७४ कित्ता शेयर कारोबार भएको छ।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया