बिएल संवाददाता
अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार निजी क्षेत्रको समस्या सुन्न र समाधान गर्न तयार रहेको बताएका छन्।
आइतबार नेपाल आर्थिक पत्रकार समाजको २६औं वार्षिक साधारणसभामा उनले सरकारले गरेको सम्बोधन नपुगेको हो भने अझै सम्बोधन गर्न तयार रहेको भन्दै निजी क्षेत्र अब गुनासोको तहबाट बाहिर आएर लगानी, उत्पादनको क्षेत्रमा लाग्नु पर्ने बताए।
उनले भने, ‘अर्थतन्त्रलाई चलायमान बनाउनका लागि सरकारले सशक्त रुपमा कामहरु अगाडि बढाउन तयार छ। निजी क्षेत्रले पनि यसमा भूमिका खेल्नसक्छ। अब निजी क्षेत्रले गुनासोबाट बाहिर निस्किनुपर्छ। सरकारले नसुनेको थियो भने, समस्या समाधान नगर्ने थियो भने गुनासो गर्नु स्वभाविक हुन्थ्यो होला। तर, अब सरकार सुन्न र समस्याको समाधान गर्न तयार छ। गुनासोको तहबाट बाहिर आएर लगानी र उत्पादनको क्षेत्रमा योगदान गर्नको लागि उत्प्रेरित गर्नुपर्छ।’
यस्तै उनले अहिले अर्थतन्त्र दबाबमै रहेको र उपभोक्ताहरुमा निराशा नै रहेको भन्दै यस्तो अवस्था राजनीतिक र नीतिगत स्थायित्वको सन्देश दिने उद्देश्यका साथ सरकार बनेको बताए।
उनले भने, ‘अहिले अर्थतन्त्र दबाबमै छ। तरलता प्रर्याप्त भएता पनि लगानी गर्ने आँट बढेको छैन्। आम उपभोक्ताहरुमा पनि निराशा छ। यस्तो समस्याहरु छन्। यस कारण सरकारले दुई तीनवटा कुरामा ध्यान दिएको छ। पहिलो कुरा अस्थिरताको प्रभाव हो। त्यसकारण राजनीतिक र नीतिगत स्थायित्वको सन्देश दिन सक्नुपर्छ भन्ने उद्देश्यको साथ सरकार बनेको छ।’
यसपालिको मौद्रिक नीति लचिलो र अहिलेको अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सक्षम भएको भन्दै अब स्थिरताको बाटोमा अगाडि बढ्नुपर्ने पनि उनको भनाइ छ।
धन्न! यूएईको जेलबाट बाँचेर फर्किएँ...
‘सरकार! प्रहरीमा तिम्रो गैरसंवैधानिक खेल हुन्छ है फेल’
धार्मिक आस्थाको मञ्चमा राजनीतिक सन्देशः छठलाई नेताहरूले कसरी गरे उपयोग?
‘हेक्का रहोस्, श्रीमद्भागवत, महाभारत जस्ता ग्रन्थ प्रश्नकै जगमा आएका हुन्’
छठ पर्वको सन्देश–प्रकृति र वातावरण सबैको हो, यिनको रक्षा गरौं
करोडपति जयप्रकाशलाई रक्सीले ‘रोडपति’ बनायो…
सीमान्त साहित्यः कसको आवाज, कसको कलम?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया