बिएल संवाददाता
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका बाह्य क्षेत्र सबल रहेको बताएका छन्। नेपाल आर्थिक पत्रकार समाजको २६औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले बैंकिङ क्षेत्रमा प्रचुर मात्रामा तरलता रहेको बताएका हुन्।
उनले भने, ‘अर्थतन्त्रका बाह्य क्षेत्र अत्यन्तै सबल छ। मुद्रास्फ्रिती सायद इतिहासमै तल छौं। त्यसैगरी बाह्य क्षेत्रसंगसँगै बैंकिङ सिस्टममा प्रशस्तै प्रचुर मात्रामा तरलता छ। तरलता, हालको अवस्था, सवलतालाई हेरेर नेपाल राष्ट्र बैंकले पछिल्लो मौद्रिक नीतिमा धेरै नै लचक ल्याएको छ।’
साथै उनले तरलताकै आधारमा बैंकिङ प्रणालीको ब्याजदरहरु तल रहेकोे बताए। उनले भोलिको दिनमा आर्थिक क्रियाकलापहरुलाई अगाडि बढाउनको लागि र नीजि क्षेत्रको मनोबललाई उच्च राख्नको लागि प्रशस्त मात्रामा आधारशिला खडा भएको बताए।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया