बिएल संवाददाता
नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आहिलेसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्नु प्राधिकरणका लागि थप चुनौतीपूर्ण रहेको बताएका छन्।
शुक्रबार प्राधिकरणले विगत एक वर्षमा गरेका काम कारबाही र समसामयिक विषयमा जानकारी गराउन पत्रकार सम्मेलनको आयोजना गर्दै निर्देशक घिसिङले चुनौतीहरुको समाधान गरी आगामी दिनमा मुलुकभरका नागरिकलाई नियमित, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति गर्न नाफासहितको सक्षम, सबल प्राधिकरण बनाउने प्रतिबद्धतासमेत व्यक्त गरे।
उनले भने, ‘आगामी दिन प्राधिकरणका लागि थप चुनौतीपूर्ण छन्। आहिलेसम्म प्राप्त उपलव्धीलाई संस्थागत गर्नु पहिलो चुनौती हो। उत्पादित विद्युतको वजार व्यवस्थापन दोस्रो चुनौतीको रुपमा रहेको छ। विद्युत् आपूर्तिको नियमितता र गुणस्तर वृद्धि गर्नु तेस्रो चुनौती रहेको छ। चुनौतीहरुको समाधान गरी आगामी दिनमा मुलुकभरका नागरिकलाई पर्याप्त, नियमित, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति गर्न हरसम्भव प्रयास गर्ने र नाफासहितको सक्षम, सबल प्राधिकरण बनाउने प्रतिबद्धतासमेत व्यक्त गर्दछु।’
उनले प्राधिकरणको आम्दानी एक खर्व १६ अर्ब रुपैयाँबाट उकालो लागेको छ। प्राधिकरणको कुल सम्पत्ति आठ वर्षअघि दुई खर्व ११ अर्ब रुपैयाँ रहेकामा हाल ६ खर्व ३२ अर्ब रुपैयाँ जानकारी पनि दिए।
प्राधिकरणले अन्तर्राष्ट्रिय परामर्शदातामार्फत आफ्नो सम्पत्तिको वास्तविक मुल्यांकन गरेको र जसबाट प्राधिकरणको सम्पत्तिमा अझ वढोत्तरी हुने देखिएको उनको विश्वास छ।
‘प्राधिकरणको आम्दानी एक खर्व १६ अर्ब रुपैयाँबाट उकालो लागेको छ। प्राधिकरणको कुल सम्पत्ति आठ वर्षअघि दुई खर्व ११ अर्ब रुपैयाँ रहेकोमा हाल ६ खर्व ३२ अर्ब रुपैयाँ पुगेको छ। प्राधिकरणले अन्तराष्ट्रिय परामर्शदातामार्फत आफ्नो सम्पत्तिको वास्तविक मुल्यांकन गरेको छ जसबाट प्राधिकरणको सम्पत्तिमा अझ वढोत्तरी हुने देखिएको छ। देशभरी रहेको जग्गाहरुको एकिन गरी करिव ४० हजार २ सय रोपनी जग्गाको पहिचान भएको छ भने गत वर्ष मात्र काठमाडौ उपत्यका भित्रको करिव ७२ रोपनी १२ आना जग्गाको पूर्जा प्राप्त भएको छ’, उनले भने।
देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत भारतीय प्रतिस्पर्धी बजारको डे–अहेड र रियल टाइम मार्केट र मध्यकालीन सम्झौताबमोजिम पनि विद्युत् निर्यात भइरहेको छ निर्देशक घिसिङको दाबी छ।
उनले सुख्खायाममा नदीमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युत् गृहहरुवाट विद्युत् उत्पादन घट्ने हुँदा माग धान्न गाह्रो हुने भन्दै गत आ.व.मा भारतबाट १ अर्ब ९१ करोड युनिट अर्थात १६ अर्ब ९३ करोड रुपैयाँ बराबरको विद्युत् आयात गरिएको छ जानकारी दिए।
सन् २०३५ भित्रमा २८ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्यसहितको सरकारको कार्ययोजना पूरा गर्न प्राधिकरण क्रियाशील रहने उनले प्रतिवद्धता जनाए।
रास्वपा बागमती अधिवेशन: ९ जिल्लाले पायाे नयाँ नेतृत्व (सूचीसहित)
रास्वपा मोरङको पहिलो जिल्ला अधिवेशनः सभापतिमा भरत कँडेल निर्वाचित
विश्व खाद्य सुरक्षा दिवस: दूषित खानाका कारण बर्सेनि ६० करोड बिरामी, ४ लाखभन्दा बढीको मृत्यु
एसियन गेम्स छनोट सेमिफाइनल : ओमानविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने
रमा हत्या प्रकरण : मुख्य आरोपी भारतीय नागरिक पक्राउ, प्रहरीले सार्वजनिक गर्यो घटना विवरण
घरायसी विवादमा श्रीमतीको हत्या गर्ने ‘नेपाली ब्रो’ भन्ने कुमार थापा पक्राउ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया