बिएल संवाददाता
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको उकालो यात्रा आज पनि जारी रह्यो।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३५ दशमलव ३९ अङ्कले उकालो लागेर दुई हजार एक सय ४१ दशमलव ८७ मा पुगेको छ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ९३ अङ्कले उकालो लागेर चार सय दुई दशमलव ६३ मा पुगेको छ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा ११ उपसमूहको शेयर मूल्य भने वृद्धि भएको छ।
कूल एक करोड ९९ लाख ६३ हजार छ सय चार कित्ता शेयर रू सात अर्ब ९५ लाख ७५ हजार एक सय ७६ मूल्यमा कारोबार भएको छ। नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ। सो कम्पनीको रू ३७ करोड ३४ लाख ९७ हजार दुई सय ६८ मूल्य बराबरको शेयर कारोबार भएको छ।
सोल्टी होटल रू चौबिस करोड ५३ लाख ७७ हजार छ सय ४०, सोनापुर मिनरल्स रू २० करोड १५ लाख २४ हजार तीन सय ९१, हिमाल दोलखा हाइड्रोपावर रू अठार करोड १३ लाख २३ हजार सात सय छ र नेपाल पूर्वाधार बैंक रू सत्र करोड ५४ लाख ८३ हजार पाँच सय ९० बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।
नेप्सेका अनुसार आज विभिन्न १३ कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।
यस्तै, कुमारी धनवृद्धि योजना तीन दशमलव ८२, नेरुडे लघुवित्त तीन दशमलव ६५, माथिल्लो मैलुङ तीन दशमलव ६४, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक तीन दशमलव ४५ र तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले तीन दशमलव ३९ प्रतिशतले गुमाएका छन्।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया