बिएल संवाददाता
नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षमा ५.५ प्रतिशत मूल्यवृद्धि सीमित राख्ने लक्ष्य लिएको बताएका छन्।
शुक्रबार आर्थिक वर्ष २०८१/८२ का मौद्रिक नीति सार्वजनिक गर्दै उनले भारतीय बजारमा मूल्यवृद्धि हुँदा नेपालमा प्रभाव परेको भन्दै चालू वर्षका लागि सरकारले ६ प्रतिशतको मूल्यवृद्धि लक्ष्यभित्रै रहने प्रक्षेपण गरेको बताए।
‘नेपालमा पछिल्लो समय थप मुद्रास्फीति बढ्न थालेको छ। भारतमा खाद्यन्न तरकारी, गेडागुडी र दालजन्य सामग्रीको मूल्य उच्च रहेको र जारी रुस युक्रेन युद्ध तथा मध्यपूर्वको भूराजनीतिक तनाब कायमै रहेको कारण अन्तर्राष्ट्रिय बजारमा इन्धन तथा खाद्यन्न मूल्य बढ्न सक्ने जोखिम भने रहेको छ’, उनले भने, ‘नेपाल सरकारले आर्थिक वर्ष २०८१/८२ बजेट वक्तव्यमा मुद्रास्फीति ५.५ प्रतिशतको सिमाभित्र रहने अनुमान रहेको छ। जोखिमहरु रहेको भएतापनि चालू वर्षका लागि सरकारले ६ प्रतिशतको मूल्यवृद्धि लक्ष्यभित्रै रहने प्रक्षेपण गरेको छ।’
त्यस्तै उनले बैंकिङ प्रणालीमा अधिक तरलता रहेको कारण निक्षेप र कर्जाको ब्याजदर घट्दो क्रममा रहेको पनि बताए।
अघिल्ले वर्षको तुलनामा कूल ग्राहस्त उत्पादनमा सुधार भएको अनुमान गरिएतापनि नेपाल सरकारको खर्च र राजस्व परिचालन लक्ष्य भन्दा न्यून रहेको र बैंक तथा वित्तिय संस्थाको कर्जा विस्तार अनुमान गरिए भन्दा कम रहेको उनले बताए।
‘बैंकिङ प्रणालीमा अधिक तरलता रहेको कारण निक्षेप र कर्जाको ब्याज दर घट्दो क्रममा रहेको छन्। अघिल्ले वर्षको तुलनामा कूल ग्रहास्त उत्पादनमा सुधार भएको अनुमान छ। तर नेपाल सरकारको खर्च र राजस्व परिचालन लक्ष्य भन्दा न्यून रहेको छ। बैंक तथा वित्तिय संस्थाको कर्जा विस्तार अनुमान गरिए भन्दा कम छ। निष्क्रिय कर्जा अनुपात बढेको छ। विश्व अर्थतन्त्रमा क्रमिक सुधार आएता पनि सुधारको गति सुस्त र असमान रहेको छ’, उनले भने।
रास्वपा बागमती अधिवेशन: ९ जिल्लाले पायाे नयाँ नेतृत्व (सूचीसहित)
रास्वपा मोरङको पहिलो जिल्ला अधिवेशनः सभापतिमा भरत कँडेल निर्वाचित
विश्व खाद्य सुरक्षा दिवस: दूषित खानाका कारण बर्सेनि ६० करोड बिरामी, ४ लाखभन्दा बढीको मृत्यु
एसियन गेम्स छनोट सेमिफाइनल : ओमानविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने
रमा हत्या प्रकरण : मुख्य आरोपी भारतीय नागरिक पक्राउ, प्रहरीले सार्वजनिक गर्यो घटना विवरण
घरायसी विवादमा श्रीमतीको हत्या गर्ने ‘नेपाली ब्रो’ भन्ने कुमार थापा पक्राउ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया