बिएल संवाददाता
नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ।
मौद्रिक नीति सार्वजनिक गर्नुअघि राष्ट्र बैंकले आज सञ्चालक समितिको बैठक बोलाएको छ। स्रोतकाअनुसार आज बिहान नै बैठक बस्ने बताइएको छ।
यसअघि गत शुक्रबार नै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भएको भएपनि राष्ट्र बैंकको गभर्नरसमेत रहेका पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा प्रधानमन्त्रीको आर्थिक सल्लाहकार बनेपछि मौद्रिक नीति सार्वजनिक गर्नबाट रोकिएको थियो।
यसअघि सोमबार प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने क्रममा मौद्रिक नीतिमा लचकता अपनाउने सन्देश दिएका थिए। उनले नयाँ सरकार बनेसँगै सेयर बजारमा उत्साह देखिएको भन्दै उनले अर्थतन्त्रका अन्य क्षेत्र पनि चलायमान बनाउने किसिमले अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया