बिएल संवाददाता
बारामा धान उत्पादन बढेको छ।
कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष गत वर्षको तुलनामा २० हजार पाँच सय ८७ दशमलव पाँच मेट्रिक टन धान बढी उत्पादन भएको छ।
कृषि ज्ञान केन्द्रका प्रमुख जितेन्द्र यादवले यस वर्ष दुई लाख ७१ हजार ६२ मेट्रिकटन धान उत्पादन भएको जानकारी दिएका छन्। गत वर्ष भने दुई लाख ५० हजार चार सय ७१ दशमलव पाँच मेट्रिक टन धान उत्पादन भएको थियो।
यस वर्ष अगहनी धान एक लाख ३९ हजार आठ सय ९२ मेट्रिक टन, भदैयाधान ५१ हजार एक सय ७० मेट्रिक टन, चैतेधान ८० हजार मेट्रिक टन उत्पादन भएको छ।
गत वर्ष अगहनी धान एक लाख ४३ हजार दुई सय ८३ मेट्रिक टन, भदैया धान ५० हजार एक सय ९१ दशमलव पाँच मेट्रिक टन र चैतेधान ५६ हजार मेट्रिक टन उत्पादन भएको थियो।
मूल्यका हिसाबले यस वर्ष रु आठ अर्ब ६४ करोड तीन लाख ३८ हजार बराबरको अगहनी, भदैया र चैतेधान उत्पादन भएको बाली संरक्षण अधिकृत राजनारायण साहले बताए।
उनका अनुसार गत वर्ष रु छ अर्ब १४ करोड ९८ लाख ७५ हजार बराबरको धान उत्पादन भएको थियो।
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया