बिएल संवाददाता
आगामी पाँच वर्षमा मुलुकको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ। राष्ट्रिय योजना आयोगले आज यहाँ सार्वजनिक गरेको सोह्राैँ योजनाको लक्ष्यअन्तर्गत आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य राखिएको हो।
योजना आयोगका प्रवक्ता यमलाल भुसालले सोह्राैँ योजनाको बारेमा प्रस्तुतिकरण गर्दै आर्थिक वृद्धिदर बढाउने लक्ष्य रहेको बताए। उनका अनुसार आव २०७९/८० मा करिब ३.९ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८५/८६ सम्म ७.३ प्रतिशत पुर्याउने लक्ष्य छ।
उनका अनुसार प्रतिव्यक्ति आय वार्षिक दुई हजार तीन सय ५१ अमेरिकी डलर पुर्याउने लक्ष्य रहेको छ। सार्वजनिक सोह्राैँ योजनाका लक्ष्य अनुसार गरिबीको रेखामुनी रहेको जनसङ्ख्या (निरपेक्ष गरिबी) २०.३ प्रतिशतबाट १२ प्रतिशतमा झार्ने लक्ष्य रहेको छ।
यसैगरी उपभोक्ता मुद्रास्फीतिदर ७.७ प्रतिशतबाट ५ प्रतिशतमा झर्ने लक्ष्य रहेको छ। तथ्याङ्क अनुसार मानव विकास सूचनाङ्क ०.६०१ बाट बढाएर ०.६५ पुर्याउने लक्ष्य रहेको छ। मानव सम्पत्ति सूचनाङ्क ७६.३ बाट ७८ पुर्याउने लक्ष्य रहेको छ। आर्थिक तथा वातावरणीय जोखिम सूचनाङ्क २९.७ बाट २४ मा झार्ने लक्ष्य पनि तय भएको छ।
यसैगरी अपेक्षित आयु ७१.३ बाट ७३ वर्ष पुर्याउने लक्ष्य रहेको छ। ३० मिनेटको दुरीमा स्वास्थ्य संस्थामा पहुँच भएको परिवार ७७ बाट ९० प्रतिशत पुर्याउने लक्ष्य रहेको छ।
उच्च मध्यमस्तरको खानेपानीको पहुँच भएको घरपरिवार २५.८ बाट ४५ प्रतिशत पुर्याउने लक्ष्य रहेको छ। साक्षरता दर ७६.२ बाट ८५ प्रतिशत पुर्याउने लक्ष्य रहेको छ। सोह्राैँ योजना कार्यान्वयन गर्नका लागि अनुमानित लगानी करिब रु एक सय ११ खर्ब लाग्ने भएको छ।
रास्वपा बागमती अधिवेशन: ९ जिल्लाले पायाे नयाँ नेतृत्व (सूचीसहित)
रास्वपा मोरङको पहिलो जिल्ला अधिवेशनः सभापतिमा भरत कँडेल निर्वाचित
विश्व खाद्य सुरक्षा दिवस: दूषित खानाका कारण बर्सेनि ६० करोड बिरामी, ४ लाखभन्दा बढीको मृत्यु
एसियन गेम्स छनोट सेमिफाइनल : ओमानविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने
रमा हत्या प्रकरण : मुख्य आरोपी भारतीय नागरिक पक्राउ, प्रहरीले सार्वजनिक गर्यो घटना विवरण
घरायसी विवादमा श्रीमतीको हत्या गर्ने ‘नेपाली ब्रो’ भन्ने कुमार थापा पक्राउ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया