बिएल संवाददाता
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३६ दशमलव ८६ अङ्कको वृद्धि देखिएको छ।
आज परिसूचक एक दशमलव ८९ प्रतिशतले बढेर एक हजार नौ सय ८५ दशमलव ४४ को विन्दुमा कायम भएको हो।
आज विभिन्न दुई सय ९७ कम्पनीका एक करोड २४ लाख ६३ हजार एक सय ६८ कित्ता शेयर ९५ हजार चार सय ३३ पटक खरिदबिक्री हुँदा रू चार अर्ब ३० करोड ९० लाख १९ हजार एक सय ९६ बराबरको कारोबार भएको छ।
सबै समूहका उपसूचकमा हरियो देखिएको छ। सबैभन्दा धेरै होटल तथा पर्यटन समूह चार दशमलव ३३ र जलविद्युत् समूह तीन दशमलव ३० प्रतिशतले बढेको छ।
आज चार कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। बोटलर्स नेपाल (बालाजु) लिमिटेड, धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड, नेपाल रिपब्लिक मिडिया लिमिटेड र सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो।
अधिकांश कम्पनीको शेयर मूल्य बढ्दा २४ कम्पनीको शेयर मूल्यमा भने गिरावट देखिएको छ। सबैभन्दा धेरै सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य पाँच दशमलव ११ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू १८ करोड सात लाख ११ हजार चार सय ८८ बराबरको कारोबार भएको छ।
कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडका चार लाख २९ हजार आठ सय २७ कित्ता शेयर किनबेच भएको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया