बिएल संवाददाता
यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ।
आज नेप्से परिसूचक ११ दशमलव ७८ अङ्कले घटेर एक हजार नौ सय ६० दशमलव ३० को बिन्दुमा कायम भएको हो।
आज तीन सय नौ कम्पनीको ५५ लाख ७४ हजार दुई सय सात कित्ता ४५ हजार चार सय ४२ पटक खरिदबिक्री हुँदा रू दुई अर्ब आठ करोड २७ लाख ८६ हजार ८९ बराबरको कारोबार भएको छ।
होटल तथा पर्यटन समूह शून्य दशमलव ५४ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ६६ प्रतिशतले बढेका छन् भने अरु सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै व्यापार समूह दुई दशमलव ५२ र अन्य समूह एक दशमलव शून्य २ प्रतिशतले घटेको छ।
आजको कारोबारपछि शेयर मूल्य बढेका कम्पनीहरुमा सबैभन्दा धेरै ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर नौ दशमलव ७० र एनआईसी एसिया ग्रोथ फन्ड–२ को शेयर मूल्य आठ दशमलव ४५ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै घट्नेमा भने चिर्खुवा हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सात दशमलव ४९ प्रतिशतले घटेको छ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको रू १३ करोड २० लाख ४९ हजार पाँच सय ४० बराबरको दुई लाख ९२ हजार तीन सय २६ कित्ता शेयर कारोबार भएको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया