बिएल संवाददाता
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ।
आज नेप्से परिसूचक तीन दशमलव ३३ अङ्कले बढेर एक हजार आठ सय ४१ दशमलव ०४ विन्दुमा कायम भएको हो।
आज ३७ लाख ५५ हजार एक सय २४ कित्ता शेयर खरिदबिक्रीबाट रु एक अर्ब १४ करोड १८ लाख १२ हजार तीन सय ८२ बराबरको कारोबार भएको छ।
आजको कारोबारमा सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक एक दशमलव २१ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा उत्पादन तथा प्रशोधन समूहको उपसूचक शून्य दशमलव ७० प्रतिशतले घटेको हो।
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने सिङ्गटी हाइड्रो इनर्जी लिमिटेड नौ दशमलव १३ प्रतिशतले घटेको छ।
कारोबार भएको रकमका आधारमा सबैभन्दा धेरै रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको रु सात करोड ३४ लाख ४९ हजार १७ बराबरको कारोबार भएको छ।
कारोबार भएको शेयर सङ्ख्याको आधारमा भने सबैभन्दा धेरै प्राइम कमर्सियल बैंक प्रमोटर शेयर एक लाख ८० हजार एक सय पाँच कित्ता शेयर किनबेच भएको छ।
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
‘कुलत’काे कालाे बादल चिरेर झुल्किएका ‘किरण’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया